असार १५ उर्लाबारी
इलामको चुलाचुली–३ मा संचालित माङमालुङ एग्रोभेटले म्याद गुज्रेको (डेट एक्सपायर) औषधी बिक्रिबितरण गरेको पइएको छ ।
झापा गौरदह–३ धोवेनी निवासी अम्बर बहादुर लिम्बुले गत डेढ महिना अघि सो पसलबाट सुगुँर बढ्ने औषधिलगी खुवाएपछि भएभरको सबै सुगुँर मरेको हो । म अनपढ मान्छे किनेर लगे औषधि खुवाएपछि सुगुर मर्न थालेपछि बट्टा हेर्दा म्याद गुज्रेको (डेट एक्सपायर) देखे र यसैको असरले मरेको पिडित अम्बरको जिकिर छ ।
यसबारे प्रहरीमा उजुरी दिदा प्रहरीबाट मिल्नुभनि दबाब दिएको पिडितले बताए । पिडित भन्छन क्षतिपुर्ती चाहीयो र यस्ता म्याद गुज्रेको (डेट एक्सपायर) औषधि बिक्रिबितरणगर्ने पसल सम्बन्धित निकायले शिल गर्नुपर्यो भन्ने माग रहेको छ । औषधि पसल संचालक संग बुज्दा हाम्रो छलफल हुदैछ भन्दै केही जानकारी दिन मानेनन् ।
औषधि पसल सुसन राई नाममा संचालित छ भने पसलमा उनि नभेटिएको अन्य एक महिला मात्र रहेको थियो । म्याद गुज्रेको (डेट एक्सपायर) औषधि दिन र बेचबिखन गर्न नपाइने बारकोठे प्रमुख पशुविज्ञ महेश राईले बताउनु भयो । यस विषयको रिर्पोटिङ गरेपछि पिडितलाई फोन मार्फत धम्काउने काम भएको पिडित अम्बरले मिडियालाई जानकारी दिए ।