• असार १५ उर्लाबारी 

    इलामको चुलाचुली–३ मा संचालित माङमालुङ एग्रोभेटले म्याद गुज्रेको (डेट एक्सपायर) औषधी  बिक्रिबितरण गरेको पइएको छ । 


    झापा गौरदह–३ धोवेनी निवासी अम्बर बहादुर लिम्बुले गत डेढ महिना अघि सो पसलबाट सुगुँर बढ्ने औषधिलगी खुवाएपछि भएभरको सबै सुगुँर मरेको हो । म अनपढ मान्छे किनेर लगे औषधि खुवाएपछि सुगुर मर्न थालेपछि बट्टा हेर्दा म्याद गुज्रेको (डेट एक्सपायर) देखे र यसैको असरले मरेको पिडित अम्बरको जिकिर छ ।

    यसबारे प्रहरीमा उजुरी दिदा प्रहरीबाट मिल्नुभनि दबाब दिएको पिडितले बताए । पिडित भन्छन क्षतिपुर्ती चाहीयो र यस्ता म्याद गुज्रेको (डेट एक्सपायर) औषधि बिक्रिबितरणगर्ने पसल सम्बन्धित निकायले शिल गर्नुपर्यो भन्ने माग रहेको छ । औषधि पसल संचालक संग बुज्दा हाम्रो छलफल हुदैछ भन्दै केही जानकारी दिन मानेनन् ।

    औषधि पसल सुसन राई नाममा संचालित छ भने पसलमा उनि नभेटिएको अन्य एक महिला मात्र रहेको थियो । म्याद गुज्रेको (डेट एक्सपायर) औषधि दिन र बेचबिखन गर्न नपाइने बारकोठे प्रमुख पशुविज्ञ महेश राईले बताउनु भयो  । यस विषयको रिर्पोटिङ गरेपछि पिडितलाई फोन मार्फत धम्काउने काम भएको पिडित अम्बरले मिडियालाई जानकारी दिए ।

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …