• उर्लाबारी,१९ असार । नेपाली कांग्रेसको १४ औं महाधिवेशन जति –जति नजिकिदैछ, उति नै नेतृत्वमा पुग्ने होडबाजी सुरु भएको छ । १४ औं महाधिवेशन आगामी साउन १२ गते वडाको अबिधेशनबाट सुरु हुने तालिका सार्वजनिक भइसकेको छ । 


        कांग्रेस बहु पदीय नेतृत्वमा गएपनि सभापति सबैभन्दा शक्तिशाली रहने ब्यवस्थाले वडा देखि केन्द्र सम्म सभापति कै चर्चा हुने गरेको छ । मोरङको उर्लावारी–९ का ३३ वर्षीय किशोर प्रकाश कन्दङ्वा  वडा नं. ९ को सभापतिमा उम्मेद्वार बन्ने हुनु भएको छ । २०६५ सालमा नेपाल तरुण दलको कार्यकर्ता बनेर राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका कन्दङ्वा  २०७२ सालमा भएको १३ औं महाधिवेशनमा साविक राजघाट वडा नं ८ को वडा सभापतिमा निर्वाचित हुनु भयो । उहाँ राज्यपुनर्संचना पछि राजघाटका ४ वडा वडा मिलेर बनेको उर्लाबारी–९ को वडा सभापति बन्नुभयो । १३ औं महाधिवेशनमा सभापतिको जिम्मेवारी लिँदा प्रकाश २८ वर्षको हुनुहुन्थ्यो । कांग्रेसमा २८ वर्षीय प्रकाशलाई वडाको नेतृत्व दिँदा धेरैले नाक खुम्च्याए । केहीले पत्याएनन । तर,पाकाको आशीर्वाद र युवाको साथ लिएर प्रकाशले कांग्रेसको अनवरत संगठन गर्नुभयो । गाउँमा भएको मरिमराउमा होस या ,दैवी विपत्ति प्रकाशको उपस्थिति अनिवार्य जस्तै भयो । आफूले सकेको  सहयोग गर्न उहाँ कहिल्यै पछि पर्नु भएन । 

    कुनै समय राजघाट कम्युनिष्टको किल्ला थियो । कांग्रेस भएर बाँच्नै कठिन । त्यो भूमिमा प्रकाश जस्तै युवा, जवानले धेरै मलजल गरे । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा कांग्रेसका उमेद्वार समीर लिम्बूले ७४९ मत ल्याउँदा निर्वाचित वडाध्यक्ष बम फ्याकले ७९२ मत पाउनु भयो । ४३ मतान्तरले कांग्रेस पराजित हुँदा प्रकाशलाई आफै हारे जस्तो अनुभुत भयो । उहाँले भन्नुभयो– १४ औं महाधिवेशनमा पुन वडाको सभापति बनेर कांग्रेसका चारतारे झण्डा वाहक उम्मेद्वारलाई जिताउने अर्जुन दृष्टि लिएर उम्मेद्वारी घोषणा गरेको हुँ । 

    कांग्रेसी परिवार मै जन्मिएर राजनीतिमा लाग्नु भएका कन्दङ्वा े न बैदेशिक रोजगारमा आकर्षित हुनभयो । न कुनै ब्यापार ब्यावसायमा । कृषि कर्मबाट आर्थिक समृद्धिको सपना देख्नु भएका कन्दङ्वा   भन्नुहुन्छ–अधिकांश समय गाउँघर मै साथीभाइ सँग हुन्छु । खेतीपाती र सामाजिक काम मै ब्यस्त हुने प्रकाश उपल्लो तहका नेतासँग काम पर्दा मात्र सम्पर्क गर्नुहुन्छ । कसैको फेरो समाएर राजनीति गर्नु छैन् । उहाँले आफ्नै बलले सभापतिमा उम्मेद्वार बन्न लागेको दाबी गर्नुभयो । पार्टीमा ठुला नेताकाे घर ,द्वारमा धाउँने प्रवृत्ति हाबी भएको भन्दै उहाँले चिन्ता प्रकट गर्नुभयो । शहर बसेर गाउँको राजनीति हुन्न ,उहाँको भनाई छ । 


    सादा जीवनमा रमाउने प्रकाश जातले  लिम्बू भएपनि पान मदिरासँग टाढा रहनु हुन्छ । सानै उमेरमा असल बाटो समाएको भन्दै बुढापाकाले उहाँको प्रशंसा गर्ने गर्छन् । भने युवाहरूले पनि भरपुर साथ दिने गरेका छन् । प्रकाशले भन्नुभयो– ९ नम्बर वडामा संगठन भद्रगोल भएको बेला नेतृत्व लिएँ । संगठन बन्दै गएपछि अग्रजहरूले मलाई ब्याक हो भन्नुहुन्छ भन्ने मलाई लाग्दैन । माछा हुँदा दूलो भित्र हात , सर्प हुँदा दूलो बाहिर हात गर्नेहरू पनि नेतृत्व लिन कसिएका छन् । तर,उनीहरूले किन नेतृत्व लिने स्पष्ट पार्न सक्नु भएको छैन ।

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…