• मलेसिया।गैरआवसीय नेपाली संघ (एनआरएनए) मलेसिया सातौँ अधिवेशन यहि जुलाई २५ तारिख हुदै छ । एक पछि अर्को गर्दै उम्मेदवारी घोषणा गर्ने क्रममा बढिरहेको छ । यसै क्रममा एनआरएनए मलेसियाका बर्तमान सचिव समेत रहेका युवा ब्यबसायी रन्जीत कुमार क्षेत्री ले (२०२१-२०२३)कार्यकालको लागी महासचिवमा आफ्नो उम्मेदवार घोषणा गरेका छन् ।

    एनआरएनए मलेसियाको लामो समय देखि आबद्ध हुदै दुई कार्यकाल सचिव को जिम्मेदारी समेत सकुशल निर्बाह गरिसकेका क्षेत्री एक सफल ब्यवसायी पनि हुन । श्रमिकको हक, हित र अधिकारलाई सुनिश्चित गर्दै आएको र यसमा थप कटिबद्ध भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै महासचिवमा आफ्नो उम्मेदवार घोषणा गरेको उनले बताए ।

    अन्तर्राष्टिय अर्घाखाँची सम्पर्क मंचका मलेसियाका अध्यक्ष समेत रहेका क्षेत्री विभिन्न संघ संस्था हरुसँग काम गरेको अनुभव पनि छ । ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर अन्तिम समयमा संघ र आबद्ध सबैको सल्लाह बमोजिम अघाडी बढ्ने र यस्तै भुमिका निर्वाह गर्ने उनले बताए ।

    आफुले दुई कार्यकाल सचिव पदमा काम गरेको र बरियताले पनि महासचिव पदमा उमेद्धवारी दाबि रहेको छु यसमा सबैको सात समर्थन पाउने विश्वास र आसा गरेको उनको भनाई रहेको छ ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…