• मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा नेपाल आदिबासी जनजाति महासंघ, समन्वय परिषद कानेपोखरीको आयोजनामा पाँच दिने पत्रकारिता र उद्घोषण कला सम्बन्धि तालिम शनिबार समापन भएको छ । 

    कानेपोखरी कालिस्थान स्थित आदिबासी जनजाति भवनमा भएको कार्यक्रम असार १५ देखि पाँचसम्म आधारभूत पत्रकारिता र उद्घोषण कला तालिम भएको थियो ।  

    कानेपोखरी गाउँपालिकाको सहयोगमा भएको तालिममा पत्रकारितामा २२ र उद्घोषण तर्फ २६ जना किशोर, किशोरीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पत्रकारिता तर्फ नेपाल आदिबासी जनजाति पत्रकार महासंघ, फोनिज १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, पत्रकार उत्तम राई र उद्घोषण तर्फ धरानकी सञ्चार कर्मी सञ्जु राईले गरेका थिए । 

    कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा उपप्रमुख राजमति इङ्नाम, वडा अध्यक्ष समेत रहेका प्रवक्ता शुसिल बुढाथोकी, पालिकाको सामाजिक विकास प्रमुख खड्गबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो । 

    नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद कानेपोखरीको अध्यक्ष भोजवीर माझीको सभापतित्वमा भएको कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले लक्षित वर्गको लागि छुट्याइएको रकम अख्तियार दुरुपायोग अनुसन्धान आयोगले खरिद ऐन अनुसार टेन्डर प्रकृयाबाट मात्र खर्च गर्न सुझाव आएको बताए । सो पत्रको कारण लक्षित वर्गको लागि विनियोजित बजेट खर्च गर्न कठिन भइरहेको बताए । 

    वडा अध्यक्ष तथा प्रवक्ता शुसिल बुढाथोकी, पालिकाको सामाजिक विकास प्रमुख खड्गबहादुर बस्नेत लगायतले मन्तब्य राखेका थिए ।  तालिमको सहजकर्ता अर्जुन जम्नेली राई र सञ्जु राईले तालिमलाई प्रभावकारी बनाउन मेहनतको साथ लागेको बताएका थिए । सहभागिको तर्फबाट चित्र मगर र धुर्ब राईले तालिम उपलब्धिमुलक भएको प्रतिकृया दिएका थिए । 

    कार्यक्रममा फोनिज मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा, नेपाल पत्रकार महासघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, पूर्व सहसचिव शन्ताोष राई, राजवंशी सेवा समाजका नेता मनोज राजवंशी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई सहभागिताको प्रमाणपत्र वितरण भएको थियो । 


     

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …