• काठमाण्डौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सरकारसँग भएको ३ बुँदे सहमति कार्यन्वयन हुने आश्वासन दिएका छन्।

    सरकारसँग ३ बुँदे सहमति भएपछि पहिलो पटक प्रचण्डलाई भेट्न विप्लव र सचिवालय सदस्य धमेन्द्र बास्तोला खुमलटार पुगेका हुन्।

    ‘तपाईंहरुले सरकारसँग ३ बुँदे सहमति गरेर आउनुभयो। सहमति पालना नहुँदा बन्दी रिहा र मुद्धा हुन सकेका छैनन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै नेकपा सचिवालय सदस्य धमेन्द्र बास्तोलाले भने, ‘सरकारसँग भएको सहमति पालना गर्न प्रतिबद्ध छौं। त्यसको लागि आवश्यक सहयोग हुने छ।’

    आफूहरुको केपी ओलीसँग नभएर सरकारसँग सहमति भएकाले कार्यन्वयन गर्ने सरकारको जिम्मा भएको विषयमा प्रचण्डको ध्यानाकर्षण गराएको बास्तोलाले जानकारी दिए। प्रचण्ड र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल भएको थियो।

    सरकार र विप्लव पक्षबीच गत फागुन २१ गते ३ बुँदे सहमति भएको थियो। सरकारसँगको समहतिअनुसार नै विप्लव नेतृत्वको नेकपाले ुभूमिगत गतिविधिु त्यागेको थियो।

    ३ बुँदे सहमतिमा विप्लव नेकपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता र बन्दीहरुको रिहाइ गरिने विषय समावेश भए पनि पूर्ण कार्यान्वयन नभएको नेकपाका नेताहरुको भनाइ छ।

    ३ बुँदे सहमति कार्यान्वयन नभएको विषयमा नेताहरुसँग छलफल गर्न विप्लव केही दिन अगाडि कपिलवस्तुबाट काठमाडौं आएका थिए। केही दिन अगाडि उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…