• विराटनगर। नेपाली कांग्रेस मोरङमा चुनावी सहगर्मी सुरु भएको छ । आधा दर्जन केन्द्रीय सदस्य रहेको मोरङ कांग्रेसलाई चौधौं माहाधिवेशनले छपक्कै छोएको छ । जिल्ला सभापतिमा करिब एक दर्जन उम्मेदवारहरुले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । 

    हालका जिल्ला सचिव नागेश कोइरालाको सभापतिमा बलियो दाबेदारी परेको छ । वर्तमान पार्टी सभापति डिगबहादुर लिम्बू प्रदेश सभापतिमा उठ्ने भएपछि कोइराला पक्षबाट नागेश सभापतिमा उठ्न लागेका हुन् । मोरङ कांग्रेसमा कोइराला पक्षको बलियो उपस्थिती छ । 

    तरुण दल मोरङका पूर्व सभापति हुँदै नागेश १२औं महाधिवेशनमा जिल्ला कोषाध्यक्ष र १३औं महाधिवेशनमा जिल्ला सचिव निर्वाचित भएका थिए । स्वभाविक रुपमा पनि आफू जिल्ला सभापतिका उम्मेदवार रहेको उनले बताए । 

    को हुन् नागेश ?

    नागेश कोइराला मोरङ कांग्रेसका चर्चित युवा नेता हुन् । विराटनगर निवासी कोइरालाले पार्टीमा लामो समयदेखि सक्रिय छन् । उनले तरुण दल मोरङको १३ वर्ष नेतृत्व गरे । नेपाली कांग्रेस प्रजातान्त्रिक निकट तरुण दलका जिल्ला सभापति भएपनि तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको जोडबलले नै उनलाई पार्टी एकीकरण हुँदा तरुण दलको जिल्ला सभापति बनाइएको थियो । त्यसबेलाका तरुण दल जिल्ला सभापति उद्धव कोइरालालाई केन्द्रीय सदस्य बनाएर गिरिजाप्रसादले नागेशलाई तरुण दल मोरङको नेतृत्वमा ल्याएका थिए । 

    अमृत अर्याल जिल्ला सभापति हुँदा नागेशले ५ वर्ष जिल्ला कोषाध्यक्ष भएका थिए । उनले त्यसबेला मत र मन दुवैबाट सबैको मन जितेका थिए । 

    विभिन्न मुलुकहरुमा अध्ययन गरेर स्वदेश फर्किएपछि उनी सिधै सामाजिक कार्यसँगै राजनीतिमा होमिएका थिए । 

    दिल्ली विश्वविद्यालयबाट स्नातक अध्ययन गरेपछि उनले अस्ट्रेलियमा बीबीए अध्ययन गरेका थिए । त्यसपछि उनी ६ महिना अमेरिका बसे । त्यसपछि उनले फिलिपिन्सबाट पब्लिक एड्मिनिस्ट्रेसन(एमपीए)मा मास्टर्स गरेका छन् । 

    अध्ययन पुर गरेर नेपाल फर्किएपछि उनले सामाजिक संघसंस्था हुँदै राजनीतिमा होमिएका हुन् । रोटरी क्लब अफ विराटनगर मिड टाउनको अध्यक्ष समेत भइसकेका नागेश विराटनगर राउन्ड टेबलको पनि नेतृत्व गरेका थिए ।

    राजनीतिक सेवाका लागि गरिनुपर्ने उनी बताउँछन् । सामाजिक सेवाका लागि आफू राजनीतिमा होमिएको उनले बताए । अबको कांग्रेस युवा पुस्ताले नेतृत्व लिनुपर्ने उनको भनाइ छ । समय सुहाउँदो नेतृत्व कांग्रेसको आवश्यकता भएको बताउँदै उनी जिल्ला सभापति पदमा निर्वाचित हुनेमा ढुक्क देखिन्छन् । 

    जिल्लाको पार्टी राजनीतिमा नागेशको वडा तहदेखि नै पकड रहेको छ । सबैसँग घुलिमल र मिलनसार स्वभावका उनी समाजका लागि योगदान गर्न सकूँ भनेर राजनीतिमा होमिएको बताउँछन् । 

    मोरङ कांग्रेसमा हाल पार्टीका केन्द्रीय सदस्यहरुले आफू अनुकुलको व्यक्तिलाई जिल्ला सभापति बनाउने कसरतमा लागिरहेपनि नागेशलाई कार्यकर्ता तहबाटै नेतृत्वमा ल्याउनुपर्ने आवाज उठिरहेको छ ।

    कोइराला पक्षबाट नागेशको चर्चा भएपनि देउवा पक्षबाट दिलिप गच्छदार वा रमेशजंग रायामाझीको पनि जिल्ला सभापतिमा चर्चा छ । 

    मोरङमा कांग्रेसको क्रियाशिल विवाद टुंगिसकेको छैन । यसअघि जिल्लामा १६ हजार २ सय ७७ जनाको क्रियाशील सदस्यता पाएका छन् । नयाँ र पुराना सबै प्रकारका क्रियाशिल सदस्यहरु नागेशलाई सभापति बनाउनुपर्ने बताउँदै आएका छन् ।

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…