• क्वालालम्पुर- गैर आवासिय नेपाली संघ मलेशियाको अधिबेशन सम्योजक समिती द्वारा कोभिड-१९ का कारण मृत्यु भएका जनक बमको आत्मको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गरेको छ।

    सुदुर पश्चिम प्रदेश दार्चुला जिल्ला दुहु गाउँपालिका स्थायीबासी बम बिगत लामो समय देखि मलेसियामा व्यवसाय गर्दै आएका एक इमानदार ब्यावसायी थिए। समाजसेवी भावना भएका जनक बम गैर आवासीय नेपाली संघ मलेशियाको २०१९-२०२१ कार्यसमितिका केन्द्रीय सदस्य हुन।

    मृतक बम गत जुन १ देखि कोरोना संक्रमित भई गैर आवासीय नेपाली संघका केन्द्रीय सदस्य हरुको प्रत्यक्ष सहयोगमा अस्पतालमा उपचारत थिए। उनको जीवनरक्षाको निम्ति संघका सदस्यहरुको प्रत्यक्ष सहयोग र डाक्टरहरुको भरपुर प्रयासको बाबजुद पनि तत्कालीन केन्द्रिय सदस्य बमलाई बचाउन नसकेको प्रती संघले दु:ख व्यक्त गरेको छ।

    यश संगै गैर आवासिय नेपाली संघ मलेशियाले सहयोगी भावना भएका एक होनहार सदस्य गुमाएको छ। जुलाई १५ गते अपरान्ह ६ बजे यस अस्पताल सैयामै मृत्युवरण गरेका जनक बमको पार्थिब शरीर कोरोना महामारीका कारण शब नेपाल पठाउन नमिल्ने भएपछी हिन्दु परम्परा अनुसार मंगलबार मलेसियामै अन्त्यष्टी गरिएको हो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…