• कलाकार आफै प्रोड्युसर बन्ने चलन पछिल्लो समय ह्वात्तै बढेको देखिन्छ । बलिउडमा सधैँ विभिन्न कारणले चर्चामा रहने अभिनेत्री तापसी पन्नु पनि निर्माताका रुपमा उदाएकी छन् । उनी फिल्म ‘ब्लरर’ को सुटिङ सुरु गर्दै निर्माताका रुपमा उदाएकी हुन् ।

    केहि समय अघि आफ्नो प्रोडक्सन हाउस घोषणा गरेकी पन्नुले अहिले आफ्नै प्रोडक्सनको पहिलो फिल्म ‘ब्लरर’ सुरु गरेकी छन् । उनले यो फिल्मबाट अभिनेत्रीसँगै निर्मात्रीको समेत ट्याक भिरेकी छन् ।

    हिजो यस निर्माण युनिटले फिल्मको मुर्हूत गर्दै तस्बिर सार्वजनिक गरेको छ । भारतिय मिडियाका अनुसार फिल्म ‘ब्लरर’को सुटिङ आंशिक रुपमा नैनीतालको हेरिटेज इमारतोंमा माल रोड र रुसी बाईपासमा गरिनेछ ।

    यस फिल्मको निर्देशनको काम अजय बहलले समालेका छन् । उनले यस अघि गरेकोे फिल्म ‘सेक्सन ३७५’का कारणले निर्देशनमा चिनिएका हुन् । यस फिल्मलाई पवन सोनी र अजय बहलको लेखन रहेको छ । फिल्म निर्माण युनिटका अनुसार यो एक मनोबैज्ञानिक थ्रिलर फिल्म हो ।

    सधै दमदार अभिनय मार्फत दर्शकको मन जित्दै आएकी तापसी यसै फिल्मबाट निर्माता समेत बनेकी छन् । अव निर्माताबाट दर्शकको मन जित्छिन् की जित्दिनन् भन्ने कुरा अर्को साल फिल्म रिलिज भएपछि मात्रै थाहा होला ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…