• बुधराज लिम्बू योङ्हाङ, ईलाम-  इलामको माइ नगरपालिका वाड ६ नम्बर भएको सृष्टि मंडलीका अगुवा पुर्ण बहादुर मगर बिगत ६ महिना देखि दुबै किड्नी फेल भई  बिराटनगर नोबेल हस्पिटलमा लामो समय देखि उपचार गर्दै आउनु भएको छ।

    हालसम्म उहाँको ४८ पटक सम्म डाइलेसिस समेत गरि सक्नु भएको छ। यति बेला आर्थिक निकै भार परेको छ नाता गोता छिमेकी साथी भाइ सबै सँग हार गुहार गर्दै अहिले सम्म यति १५ लाख भन्दा माथी खर्च भईसकेको छ।अझै कति खर्च हुने कुनै ग्यारेन्टी नभएको परिवार श्रोतले जानकारी दिए।

    उहाँ को धर्मपत्नी सर्मिला मगरले दक्षिणी इसाई समाजको अध्यक्ष प्रा: प्रास्टर पुर्ण राई प्रा: सुक बहादुर राई : प्रा पास्टर शेर बहादुर राइ, अगुवा तथा पुर्ब दक्षिण इसाई समाजको सचीव भुपेन्द्र कुमार राईको उपस्थितिमा सृष्टि मंडलीको अगुवा पुर्ण बहादुर मगरलाई रु १,१६,७०० अपेक्षी एक लाख सोह्र हजार सात सय आर्थिक सहयो गरिएको अध्यक्ष पुर्ण राई जानकारी दिए।

    प्रा: प्रास्टर सुक बहादुरराईले कार्यक्रम सन्चालन गर्दै भन्नू भयो हामी इसाईहरु एकअर्कामा सहयोगी हुनु पर्छ हामी सबै मिलेर सहयोग गरागर गर्नु पर्छ। हामी सबै दक्षिणी इसाई मिलेर आर्थिक सहयोग गर्यौ अब पालो तपाईहरुको सम्पुर्ण समाज सेबि सहयोगि सामाजिक अभियान्ताले पनी पुर्ण बहादुर मगर लाई आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्।

    ईसाई समाजका अगुवा पुर्ण बहादुर मगरले सहयोग ग्रहण गर्दै भने मलाई डा: ले २ बर्षको आयु दिएको छ। तर म नेपाली दाजुभाइको सहयोगले इसाईहरु प्रार्थानामा अझै २ लाई जिरो थपेर २० बर्ष बाच्ने छु।

    साथै देश तथा बिदेशमा बसेर आर्थिक,सामाजिक,भौतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्णलाई आफ्पनो र रिवारको तर्फबाट धन्यवाद समेत ज्ञापन गरेका छन् ! थप आर्थिक सहयोगको अपेक्षा समेत गर्नु भएको छ।भने मनै देखि सहयोग गर्न इच्छुक सहयोगी भावना भएका समाजसेवी तथा अन्य अभियान्ताहरुले बिरामीको खाता नम्बर 4922524247404019 माछा पुच्छ्रे बैंक  पुर्ण बहादुर मगर वा  052000000800 सानिमा बैंक पुर्ण बहादुर मगर अथवा सिधै मोबाईल नम्बर 9815009602 सम्पर्क गरी सहयोग गर्न  सकिने छ!

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…