• छिमेकीको कुटपिटपछि गुहार माग्दै इलाका प्रहरी कार्यालय पथरी पुगेकी बर्षा दर्जी

    ‘मैले न्याय पाउनु पर्छ, के दलितले बाच्नै नपाउने’ मोरङ पथरीशनिश्चरे नगरपालिका ४ कि बर्षा दर्जी (कंसाकार) भन्छिन ‘घाँसकै निहुमा मलाई छिमेकीले मरनासन्न हुने गरी पिटे, हिलोमा चोझले, उम्किएर हिलाम्मे र रगतपक्ष भएर इलाका प्रहरी कार्यालय पथरी आँए मेरो सुनुवाइ भइराखेको छैन, म अस्पतालमा छु, आज (शनिबार) चार दिन बितिसक्दा पनि मलाई आक्रमण गर्नेलाई प्रहरीले अहिलेसम्म कारबारी चलाएको छैन ।’


    मोरङ पथरीशनिश्चरे ४ महेन्द्र चोक कि ४२ बर्षिय बर्षा दर्जि (कंसाकार) र छिमेकी पति, पत्नी डिल्लिराम नेपाल र हेमा नेपालवीच साउन ६ गते साँझ ४ बजो झगडा भयो । जग्गाको सीमानामा घाँस काटेको निहुँमा दुई पक्षवीच झगडा भएको थियो । हेमा नेपाल र बर्षा दर्जीवीचको झगडामा हेमाकी पति डिल्लिराम नेपाल आएर थपिएपछि तीन जनामा झगडा भयो । 

    पथरीको मोरङ अस्पतालमा उपचार गराइरहेकी बर्षा दर्जी डिल्लिराम नेपालले आफूलाई टाउको र अनुहारमा तात्ति र बाक्सिङले कुटपिट गरेको बताछन् । बर्षाको अनुहार र टाउकोमा निलडाम र चोटहरु देखिएको छ । दुई जनाले हिलोमा चोभलेर निरन्तर कुटपिट गरेपनि फुत्किएर कुदेर भागेको गाउँमा सबैले देखेको बर्षाको भनाइ छ । 
    कुटपिटबाट उम्किएर जीउभरी हिलो र रगत पक्ष भएर इलाका प्रहरी कार्यालय पथरीमा आएर उजुरी गर्दा प्रहरी प्रमुख डीएसपी कृष्ण खड्काले डिल्लिराम र हेमालाई हालसम्म पक्राउ नगरेको पीडित बर्षाको गुनासो छ । 

    बर्षा दर्जी (दमै)को छोरी भएपनि कंसाकार(नेवार)सँग बिबाह गरेकी हुन् । आफ्नै जग्गामा घाँस काटिरहेको बेला नेपाल दम्पति ‘डुम्री’ किन घाँस काट्छस भन्दै आएर कुटपिट गर्न थालेको बर्षाको भनाइ छ । हेमा नेपालले भने आफूहरुले कुटपिट नगरेको झगडा परिरहेको बेला पति डिल्लिराम आएर छुटाएको बताउँछन । 


    यद्यपि पथरीको मोरङ अस्पतालमा उपचार गराइरहेकी बर्षाको सुक्रबार बिहान बान्ता (उल्टी) भएपछि स्वास्थ्य कर्मीले टाउकोको सीटी स्क्यान गर्नुपर्छ भनेपछि विराटनगरको नोवेल अस्पतालमा रिफर गरेका थिए । नोवेलको स्वास्थ्य कर्मीले दुई हप्ताको औषधी दिएको र टाउकोमा दाग देखिएकोले दुई हप्तापछि पुन सीटी स्क्यान गर्नुपर्छ भनेर सल्लाह दिएको बर्षाले बताइन । 

    बर्षा घट्ना विवरण यसरी सुनाउछिन । नेपाल दम्पतिले कुटपिट गर्ने अन्य छिमेकीहरुले छुटाउनुको सट्टा मारमार भनेको सुनेपछि मार्ने भयो भनेर फुत्किएर कुदेरै भागेँ । कुदेको सबेले देखेको छन् । देशको बिभिन्न स्थानमा दलितहरुलाई कुटेरै मारिएको प्रशस्त घट्नाहरु छन । मलाई पनि मार्ने नै भयो भन्ने लागेर भागेर प्रहरी कार्यालय आएँ । प्रहरीले पनि सुनुवाई गरेन, पीडकलाई पक्रेर हालसम्म कारबाही गरेको छैन । अस्पतालको बेडबाट बर्षा प्रस्न गर्छिन ‘के दलितले बिन कारण मर्नु पर्ने हो ?, दलितको कोषमा जन्मेका मानिसले न्याय पाउँदैन ।’ अस्पतालमै पनि आफूलाई असुरक्षित महसुस भएको बर्षा बताउछिन् । 

    बर्षाको पति र नानि काठमाडौ बस्छन । आमाको हेरचाहर र उपचारको लागि बर्षा पथरीशनिश्चरे ४ बस्दै आएकी हुन् । माइत बस्दा छिमेकीहरुले देख्न नसकेको बर्षाको भनाइ छ । 
    छिमेकीले किन यस्तो ब्यबहार गर्छन त ? भन्ने प्रस्नमा बर्षा भन्छिन । म दमाइ कि छोरी । आमाको सेवाको लागि केही बर्षदेखि माइत बस्दै आएकी छु । 
    गाउँमा बस्दा दलित समुदायको हकहितमा कुरा गर्छु । ४ नम्बर वडाबाट गाउँ टोलमा होम पाइप, इनार, कल गाड्ने लगायतको कार्यक्रम ल्याउने प्रयास गरेँ । यसरी सामाजिक काम गर्दा छिमेकीहरुलाई दलितको छोरीले यस्तो काम गरेको नपचेको हुन सक्छ । अघिल्लो पुस्ता (आमा, बाउ)हरुले त्यही छिमेकीहरुलाई हजुर भनेर शीर निहु¥याएर हिड्नु हुन्थ्यो । हामी अलिक रामाजिक कुरा बुझ्ने भयौ । विभेद सहन हुँदैन भन्ने बुझेर सिधा कुरा गर्छाै । यस्तो कुरा छिमेकीहरुलाई नपचेको हुन सक्छ । 


    त्यही छिमेकीहरुले बारम्बार यो गाउँमा बस्न दिनु हुँदैन भन्ने, होच्याउने मात्र होइन म माथि यस अघिपनि कुटपिट भएको छ । न्याय माग्ने ठाउँमा पनि सुनुवाइ हुँदैन । दलित भएकै कारण त्यो टोलमा बस्न मिल्दैन भने उचित मुल्यमा जग्गा किनिदिउन हामी अन्तै जाउँला । बर्षा गहभरी आँशु झार्दै भन्छिन ‘म माथि यत्रो अन्याय हुँदा प्रहरी प्रमुख डीएसपी कुष्ण खड्का किन मौन बस्छन, मलाई यो हालतमा पु¥याउने ब्यक्तिहरु पक्रेर किन कारबारी चलाउदैन ।’ कि मैले कसैमाथि अन्याय गरेको, दुःख, पीडा दिएको भए भनुन ।
    यही प्रस्न इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कुष्ण खड्कालाई गर्दा उनेले  सामाजिक रुपमा मिल्ने कुरा आएपछि केही दिन मिल्ने समय दिएको र नमिल्ने भए आइतबार (साउन १०, घट्ना भएको ५ दिनपछि) मुद्धा दर्ता गर्ने बताए । 


    घट्नापछि बर्षा दर्जीले आफूमाथि कुटपिटको साथै हिंसा भएको भन्दै जाहेरी दिएकी छिन भने हेमा नेपालले पनि आफूमाथि पनि आक्रमण भएको ठाडो उजुरी दिएकी छन् । यद्यपि दुवै पक्षको शारीरिक अवस्था हेर्दा बर्षा दर्जी (कंसाकार)को टाउको, अनुसार, जीउमा चोटपटक देखिएको छ । उनको हिलाम्मे र रगत पक्ष भएर इलाका प्रहरी कार्यालय पथरीमा आएको फोटो सार्वजनिक भएको छ । हेमा र उनको पतिको भने उपचार गर्नुपर्ने गरी अनुहारमा निलडाम र चोट देखिएको छैन । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…