• साहस र नेपाली एकअर्काको पर्यावाची जस्तै मानिन्छ । विश्वमा नेपालीलाई चिनाउने एउटा विशेषण हो, साहसी । अर्थात वीर । चाहे सर्वोच्व टाकुरा सगरमाथा उक्लने कुरामा होस् वा फोकल्यान्डको टापुमा यु’द्ध ल’ड्ने, नेपालीले वीरताको गाथा रचेका छन् ।

    यस्ता खेलको अनेकन विकल्प छन्, जहाँ विछट्टैको रोमाञ्चकता छ । यी खेल खेलिरहँदा तपाईंको मुटु काँप्छ । जीवनलाई चुनौतीमा ढाल्नुहुन्छ, बेग्लै रोमाञ्चकता प्राप्त गर्नुहुन्छ भने यो खेल खेल्नु होला । तपाईं साहसी हुनुहुन्छ र तपाईंको मुटु कमजोर छैन भने बन्जी जम्पको अनुभव लिनुहोस् । पक्कैपनि यो निकै साहसिक खेल हो ।

    यद्यपी बन्जी जम्प गर्नका लागि तपाईंको इच्छा मात्र काफी छैन । शारीरिक अवस्था पनि राम्रो हुनुपर्छ । मानसिक एवं शारीरिक परीक्षणपछि नै बन्जी जम्पको लागि तपाईंलाई योग्य मानिनेछ । यो खेल अहिले विश्वका धेरै ठाउँमा खेलिन्छ भने नेपालका केहि जिल्लामा पनि यो खेल खेलिने गर्छ ।

    यसै क्रममा बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्या’न ग’एको छ । बन्जीको डोरी नै न’बाँधीकन ती युवतीले हा’म्फालेपछि यो घटना भएको हो । साहसिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरुमाझ लोकप्रिय छ । तर, सावधानी नअपनाउँदा मनोरञ्जनको साटो मृत्यु प्राप्त हुने कुरा गएकाे आइतबार घटेको कोलम्बियाको उक्त घटनाले पुष्टि भएको छ ।

    समाचार एजेन्सीहरुको अनुसार कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनियामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृत्यु भएको हो । बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हा’म्फालेको पाइएको डेली मेलले जनाएको छ ।

    उनी बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक इशाराबाट भ्रमित उनले हा’म्फालेकी थिइन् । उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरु घटनास्थल पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ ।

    मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृ’दयघा’तका कारण उनको मृत्यु भएको पुष्टि भएको छ । बन्जी कर्ड (डोरी) न’बाँ’धीकनै हा’म्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृ’दयघा’त भएर उनको मृत्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।

    भएको के रहेछ भने बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हा’म्फा’ल्ने सं’केत गरेका रहेछन् । तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने बुझेर हतारमै हा’म्फा’लि’नछ’न्, जबकि उनकाे खुट्टामा डाेरी नै बाँ’धिए’काे थिएन । युवती तल खसेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचाउने कोसिस गरेको भए पनि असफल भएको बताइएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …