• काठमाडौं। पो’र्नोग्राफिक सामग्री उत्पादन र वितरण गरेको आरोपमा पति राज कुन्द्रा प’क्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले कुन्द्राको कम्पनीबाट राजीनामा दिएकी छिन् । राज कुन्द्राको कम्पनी वियान इन्डष्ट्रिजको निर्देशक पदबाट शिल्पा शेट्टीले राजीनामा दिएको भारतीय मिडियाले जनाएका छन् । शिल्पा राजका अधिकांश व्यवसायमा सझेदार थिइन् ।

    शिल्पा पनि मुम्बइ पुलिसको राडारमा छिन् । सूत्रका अनुसार क्राइम ब्रान्चको टिमले यो पूरा मामिलामा शिल्पाको संलग्नता कति छ भनेर जाँच गरिरहेको छ । क्रा’इम ब्रान्चको टिमले यसरी आएको पैसाबाट शिल्पाले कुनै लाभ लिइन् वा लिइनन् भन्ने पनि जाँच गरिरहेको छ ।

    क्राइम ब्रान्च शिल्पाका बैंक खाताको पनि जाँच गरिरहेको छ । यसबाहेक शिल्पाले वियान इण्डष्ट्रिजको निर्देशकको रुपमा कति समयसम्म काम गरिन् भन्ने पनि जाँच भइरहेको छ ।

    तर सिसिटिभी फुटेजको डाटाहरु डिलिट गरिएको भेटिए पछि झन् शंकाष्पद मानिएको छ । मूम्बई क्राईम ब्रान्चले शिल्पा र उनका पति राज कुन्द्रा लाई शुक्रबार साँझ ६ घण्टा सोधपुछका लागि राखेको थियो। क्राईम ब्रान्चले उनको घरमा समेत छापा मारेको छ ।

    प्रहरीले एकदमै सुक्ष्म रुपमा प्रमाणको खोजीरहेको छ । पो’ र्न भिडियो उत्पादन र बिक्री वितरण गरेको आरोपमा प्रहरीले शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई केही दिन अगाडि पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…