• फिल्म मामिलामा राज कुन्द्रा पक्राउ परेपछि उनको विषयमा विभिन्न शं’कास्पद जानकारी बाहिरिएका छन् । मुम्बई प्रहरीको अ’पराध शाखाले राज पछिल्लो केही महिनायता पक्राउ परेका ११ अभियुक्तहरूको मुख्य योजनाकार भएको दाबी गरेको छ ।

    प्रहरीले गरेको पछिल्लो खुलासाका अनुसार राजले युवतीहरूलाई वेभ सिरिजमा खेलाउने प्रलोभन देखाएर पोनोग्राफी संलग्न गराउँथे । प्रहरीको एक रिपोर्टका अनुसार राजले अन्य चार एप्स चलाउने गरेको खुलेको छ । उनले एप्पल र गुगल प्ले स्टोरबाट ह्वाट्सएप हटाएपछि अन्य एप्स सेट गरेको देखिएको छ ।

    राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको गणना हुन्छ । उनले नेपालबाट पश्मिनाको व्यापार गर्दै व्यवसायिक जीवनको यात्रा सुरु गरेका थिए । त्यसपछि उनी विभिन्न व्यवसायमा जोडिए र मनग्ये आम्दानी पनि गरे । तर, यससँगै उनी विवादमा पनि फस्दै आए ।

    पछिल्लो समय भने उनको जीवनमा ठूलो ध’क्का लागेको छ । पो’ ‘र्न मुभी बनाएको र बेचेको आरोपमा उनी पक्राउ परेका छन् । उनको यो धन्दाबारे प्रहरीसँग पुग्दो प्रमाण भएको बताइन्छ । यही कारण यसबाट राज कुन्द्रालाई उम्कन सजिलो छैन ।

    राज कुन्द्रा काण्डमा उनकी श्रीमती एवं अभिनेत्री शिल्पा शेट्टीलाई पनि जोडेर अनेकन आशंका गरिदैछ । श्रीमानको ध’न्दामा उनको भूमिका के हुन्थ्यो भनेर सोधीखोजी भइरहेको छ । त्यसो त शिल्पा राज कुन्द्राका केही कम्पनीका व्यवसायिक साझेदार पनि हुन् । शिल्पा शेट्टीको नाममा २३ कम्पनी छन् र उनका श्रीमान ९ कम्पनीको मालिक हुन् ।

    जब प्रहरीले राजलाई उनको घर लगेर गए, तब शिल्पा र राजबीच लामो समय वि’वाद भयो । त्यस क्रममा शिल्पा स्वयम्ले आफुलाई सम्हाल्न सकिनन् र चि’च्याई–चि’च्याई रोइन् । प्रहरीसँगको बयानको क्रममा पनि शिल्पा एकदमै उदास थिइन् ।

    प्रहरीसँगको सोधपुछमा शिल्पाले बताइन् कि उनका पति राजले कुनै क’न्टेन्ट बनाइरहेका थिएनन् । तर, उनले गरिरहेको तयारी भने ए’ड’ल्ट’ नभई इ’रो’टि’क क’न्टे’न्ट थियो, जुन वेब सिरिजको रुपमा केही ओ’टि’टि प्लेटफर्ममा उपलब्ध छ ।

     

सम्वन्धित समाचार

रामेछाप । पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामेछाप नगरपा…

ओखलढुंगा । ओखलढुंगामा यात्रुबाहक बस दुर्घटना भएको छ। जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा बस दुर्घटना हुँदा …

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भए…

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना भएको छ । बा १३ च ५३२३ नम्बरको नेपाल रेडक्…