• धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१ निगालेका ३५ बर्षीय सोजिन्द्र राईको मृत्यु भएको हो ।

    घटना गत शनिवारको हो । राती करिब ८ बजे दुग्धजन्य सामाग्री पुर्याउँन जाँदै गर्दा उँटसँग ठो ‘क्कि’एर गाडी दुर्घटना भएको बताइएको छ । तीन बर्ष अघि साउदी गएका राई गाडीमा चालकको काम गर्दै आएका थिए । उनी आफैले गाडी कुदाएका बेला दुर्घटना भएको हो ।

    दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । उनीसँगै बस्दै आएका साथीहरुले मृतकका आफन्तलाई घटनाको विषयमा जानकारी गराएका हुन् । ‘उँटसँग ठो’क्कि’एर गा’डी दु’र्घटना भएछ । हाम्रो बेहाल भयो,’ मृतककी शोकाकुल श्रीमती नेत्रकुमारीले भनिन्, ‘लाश घर ल्याउँन आफन्तहरुले पहल गर्दै हुनुहुन्छ, कहिले आइपुग्ने हो पत्तो छैन ।’

    दुर्घटनामा परी एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृतक राईको शव स्थानीय अस्पतालमा रहेको र नेपाल ल्याउँन पहल भइरहेको वैदेशिक रोजगारीमा रहेका मृतकका छिमेकी बावुराम तितुङले संगालोखबरलाई जानकारी दिए । मृतक राईका श्रीमतीसहित ११ बर्षीय एक छोरा छन् ।

सम्वन्धित समाचार

मोरङ । पुराना शिक्षक, कर्मचारीहरुलाई सम्मान, स्वास्थ्य पीडितलाई आर्थिक सहयोग गर्दै निजि विद्यालयहरुको साझा स…

क्वालालम्पुर- मलेसियामा कार्यरत झापा मेचिनगरका-३ स्थायीबासी निर्मल पोख्रेल परिवार बाट सम्पर्क बिहिन भएका छन…

मोरङ । पथरी उद्योग वाणिज्य संघको आठ सय मत गणना समापन हुँदा अध्यक्ष पदका उमेद्वार धनकुमार तामाङ २५ मतले अ…

मोरङ । पथरी उद्योग वाणिज्य संघको पहिलो मत परिणाम सार्वजनिक भएको छ ।  सय मतको गणनाहुँदा गठबन्धन ११…