• काठमाडौँ । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ अघिको बैठक बोलाउने तयारी गरेका हुन्  ।

    एमालेको माधव कुमार नेपाल समूहले जेठ २ कै अवस्थाको बैठक बोलाउन माग गर्दै आएका छन् । त्यसको लागि ओलीले पटकपटक जेठ २ कै बैठक बोलाएको भन्दै बैठकमा पूर्व माओवादी नेताहरुलाई समेत सहभागि गराउने गरेका थिए ।

    उक्त बैठक रोक्न माग गर्दै आएको नेपाल पक्षले गरिरहेको आग्रहमा ओली सकारात्मक भएको स्रोतले बताएको छ ।

    शनिवार साँझ एमाले अध्यक्ष अ‍ोलीसँग उपाध्यक्ष भीम रावलले भेटेका थिए । सोही भेटमा ओलीले आइतवारको लागि बोलाइएको बैठक स्थगन गर्न सहमत भएका थिए । 
    अब एमालेको स्थायी कमिटि बैठक र केन्द्रीय समिति बैठक भोली अर्थात सोमबारको लागि बोलाइएको छ ।

    स्रोत भन्छ, कमरेड केपी ओलीले जेठ ३ अघिकै बैठक राख्ने विषयमा परामर्श गरिरहनुभएको छ, यसैविषयमा कमरेड भीम रावलसँग कुराकानी भयो । त्यसैले आजको बैठक सारिएको छ ।

    उक्त बैठकमा माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरु राम बहादुर थापा बादल, टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु शाह भने सहभागि हुन पाउने छैनन् ।

    स्रोत भन्छ, पार्टीको विवाद समाधान गर्नकै लागि सो बैठक बोलाउन लागिएको हो, त्यसमा एमालेमा थपिनु भएका नेताहरु पर्नुहुन्न । त्यो बैठक पछि उहाँहरुको विषयमा पार्टीले निर्णय लिन्छ ।

    जेठ २ अघिको बैठक बोलाउने, र अध्यक्ष अ‍ोली तथा बरिष्ठ नेता माधव कुमार नेपालवीच पनि भेटवार्ता गराउने तयारी भइरहेको छ । तर उनीहरुवीच कहिले भेट हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

    एमालेको पार्टी विवाद लामो समयसम्म तानातानको अवस्थामा नराख्ने गरी शीर्ष नेताहरु अघि बढेका छन् । आइतवारको बैठकलाई कि वार कि पारको बैठक भनिएको भएपनि आजको बैठक स्थगन हुनुलाई विशेष रुपमा हेरिएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…