• नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् ।

    यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् । हिजोआज तीज भडि्कलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ ।

    तीजमा तीज गीतहरूको पनि उत्तिकै भूमिका पाइन्छ ,पछिलो समय भने पहिलेका तीज गीत र अहिलेका तीज गीतमा धेरै भिन्नता पाइन्छ । अहिलेका तीज गीत संस्कृति सम्झाउने भन्दा विर्साउने र विकृति बढाउने खालका मात्र आउन थालेका छन् । महिला अधिकार र दुखः पीडाका गीत भन्दा छाडा र उरन्ठेउला गीतले बजार लिइरहेका छन् ।

    हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा गायिका मधु क्षेत्री को नयाँ तीजको कोसेली “हाई मेरो जिन्दगी” बोलको तीज गीत भखरै मात्रै डिजिटल बजारमा सार्वजनिक भएको छ।

    गत बर्ष मधु क्षेत्री र खेम सेन्चुरीको आवाजमा रहेको तीज गीत “सोचे झै रैन्नछ जिन्दगी” नामक तिज गीतले निकै राम्रो सफलता पाएको थियो सफलता संगै सो गीत वि’वा’दमा समेत परेख थियो । मौलिक गीतमा आफ्नो कला जमाउदै आएकी गायिका क्षेत्री १०/११ वर्ष देखी गीत संगीतमा लागी परेकी छिन । “हाई मेरो जिन्दगी” नामक तीज गीतमा मधु क्षेत्री लाई बिक्रम परियार ले स्वरमा साथ दिएका छन । करन न्यौपाने को लय शब्दमा तयार भएको सो तीज गीत निकै उत्कृष्ट बनेको ।

    निकै चर्चित निर्देशन प्रकाश भट्ट को निर्देशन मा तयार भएको सो म्युजिक भिडियोमा रुबिना अधिकारी, बबिन ठकुरी ,लोमश शर्मा र रुबिना भण्डारीको उत्कृष्ट नृत्य देख्न सकिन्छ। राजेश घिमिरेले छायांकन गरेकि म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादक गरेका छन ।

    हेर्नुहोस् भिडियो —

    https://m.youtube.com/watch?v=DN9yO7HNXHo&feature=youtu.be

सम्वन्धित समाचार

बलेवा, २२ मङ्सिर   गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट रु साढे त…

 महोत्तरी, २२ मङ्सिर  मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको…

धनुषा, १९ मङ्सिर  जनकपुरधाममा आज रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषयज्ञ मनाइँदै छ । …

 ललितपुर, १९ मङ्सिर  वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बु…