• काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्। 

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले प्रचण्डलाई भने, 'सत्ता परिवर्तन हुनेबित्तिकै सत्तापक्षका नेताहरुले भन्नुभयो। होसियार ! म आगो हुँ मसँग नखेल नत्र मलाई थाहा छ। उहाँहरुले देशमा लगाएको डढेलो मलाइ थाहा छ। तर, एकदुई बाल्टीले निभाएको याद गर्नुहोस्। त्यस्तो आगो निभाउन हामीलाई पनि आउँछ। यस्ता आगो निभाउन पानी खन्याउनु पर्छ, पानी।'

    प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बेलामा बोल्दै प्रचण्डले ओलीलाई आफू आगो भएको र आगोसँग नखेल्न चेतावनी दिएका थिए। 

    अलोकतान्त्रिक गठबन्धनको सरकार बनेपछि प्रतिपक्षीलाई म आगो मसँग नखेल भनेर धम्की दिन थालेको ओलीले बताए। पाँच दलीय गठबन्धनले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रतिपक्षीलाई गाली गरेर राष्ट्रिय सहमति जस्तो बनाएर सडकमा बाँडेको तर्क गरे। 

    सत्तापक्षकै दम्भको कारणले प्रतिपक्षीसंग संवादहीनताको अवस्था रहेको उनको भनाइ छ। सत्तापक्षले आफूलाई संसद छलेको भनेर पटक पटक प्रश्न उठाउने गरेको भन्दै ओलीले सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम संसद छलेर बाहिर प्रस्तुत गरेको टिप्पणी गरे।  थाहाखाबर बाट 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…