• मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगर (बिकास)लाई नेपाल सरकार, वन मन्त्रालय, वन तथा भूसंरक्षण विभागले “राष्ट्रि सामुदायिक वन अभियान्ता सम्मान–२०७८” प्रदान गरेको छ ।
    सामुदायिक वन दिवस २०७८ को अवसरमा राजधानी काठमाडौंमा 
    प्रधानमन्त्री शेरबहादुर देउवा, वन तथा वातावरण मन्त्रालयको सचिव डा.प्रेमनारायण कँडेल, वन तथा भूसंरक्षण विभागको मानबहादुर खड्का लगायतको उपस्थितिमा राष्ट्रिय सम्माण प्रदान गरिएको हो । 
    सोमबार भएको कार्यक्रममा देशको बिभिन्न सामुदायिक वनहरुलाई गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गरेको हो ।
    धनुषा जिल्लाको भाटीघारी सामुदायिकलाई प्रथम, फुर्केटारी साबउस कास्की र बुद्ध साबउस वन रुपन्देहीको दोस्रो र १ नम्बर प्रदेश स्थित मोरङ लेटाङको जनसेवा र नमुना सामुदायिक वन उपभोक्ता समूहले गणेशमानसिंह सान्वना पुरस्कार प्राप्त गरेको हो । पुरस्कार एक लाख, ५० र २५ हजार नगद राशीसहितको हो । कर्मचारीमा गणेशबहादुर साही पुरस्कार डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहले प्राप्त गरेका थिए । 
    गणेशमानसिंह पुरस्कार वन क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार हो । पथरीशनिश्चरेको हरियाली वनले २०७५÷०७६ मा प्रथम पुरस्कार प्राप्त गरेको थियो । वन ब्यवस्थापन र प्राप्त श्रोतको सहि सदुपयोग गरेकोमा हरियालीले प्रथम पाउनु अघि गणेशमानकै सान्वना, मोरङ जिल्ला प्रथम लगायतको पाँच भन्दा बढी पुरस्कार प्राप्त गरिसकेको छ । 
    अध्यक्ष मगरले राष्ट्रकै “सामुदायिक वन अभियान्ता सम्मान–२०७८” प्राप्त गरेपछि मंगलबार हरियाली सामुदायिक वन उपभोक्ता समूहले बधाई, शुभकामना तथा पत्रकार भेटघाट गरी खुसियाली बाँडेको छ । 
    कार्यक्रममा समूहको पूर्ब अध्यक्ष तथा सल्लाहकार देविप्रसाद भेट्वाल, रिता गिरी, हरियाली सामुदायिक वन पब्लिक लिमिटेडका अध्यक्ष अशोक राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई लगायतले शुभकामना बन्तब्य दिएका थिए । 
    बक्ताहरुले राष्ट्रले वन अभियान्ताको रुपमा सम्मान गरेपछि आफ्नो मात्र नभएर नगर, जिल्ला, प्रदेश र देशकै सामुदायिक वनहरुको स्थिति सुधारमा लाग्नुपर्ने सुझाव दिएका थिए । 
    बधाई तथा शुभकामना लिने क्रममा अध्यक्ष काबुलबहादुर मगरले कार्ययोजना मात्र जस्ताको तस्तै कार्यान्वयन गरे मात्र वनहरु सुधारमा आउने बताए । 


     

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …