• मोरङ । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सरकरी संस्था सदस्यहरुको भरोसाको केन्द्र बन्दै गएको छ । 

    आफ्ना सदस्यहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक बिकास र उद्यमी बनाउन पहल प्रयास गरिरहेको मेची सहकारी संस्थाले २७ औ बार्षिक उत्सव÷साधारण सभाको अवसरमा आकर्षण योजनाहरु प्रस्तुत गरेको छ ।

    बिहिबार मोरङ पथरीशनिश्चरे २ स्थित सीन भिलेज पार्टी प्यालेसमा भएको बार्षिक उत्सव÷साधारणसभाको अवसरमा पत्रकारहरुसँग अन्तरक्र्रिया कार्यक्रममा संस्थाको योजना सार्वजनिक भएको हो । प्रस्तुत योजनामा साधारण सभामा संस्थाको हितको लागि उत्कृष्ट सुझाव दिने उपभोक्तालाई पुरस्कार प्रदान गरिने, कृषकका लागि निशुल्क प्रविधि उपलब्ध गराउने, वचतमा आकर्षक ब्याज, सदस्यलाई ५० लाखदेखि एक करोडसम्म कर्जा प्रवाह गर्ने, विरामी पर्दा ५० हजार उपचार खर्च, मृत्युहुँदा काजकिरिया खर्च २६ हजारसम्म, प्रकृतिक प्रकोपमा परेकाहरुलाई राहत प्रदान गर्ने वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
    सदस्यका छोराछोरीलाई छात्रवृति, अध्ययन भ्रमणको साथै विद्यार्थी र पत्रकारलाई विद्युतीय बस्तु ल्याप्टप लगायतको सामार्गी खरिद गर्न ८ प्रतिशत ब्याजमा ८० हजारसम्म ऋण उपलब्ध गराउने, वृद्ध भत्ता उलब्ध गराउनेदेखि ८४ बर्ष पुगेका सदस्यहरुलाई बार्षिक उत्सव मनाइदिने प्रतिवेदनमा उल्लेख । 
    मेची सहकारी सस्थाको पथरी सेवा केन्द्रको संयोजक रुद्रबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा झापा दमक नगरपालिका प्रमुख रोमनाथ ओली, संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई लगायत पदाधिकारी सदस्य तथा सेवा केन्द्रको प्रमुखहरु सहभागि रहेका थिए । 
    अध्यक्ष भट्टराईद्वारा प्रस्तुत प्रतिवेदनमा फलफूल तथा तरकारी बजार, एग्रो टुरिजमको बिकास, युवाहरुमा स्वरोजगार मूलक कार्यक्रम, मुखपत्र मेची शन्देस चौमासिक रुपमा प्रकाशन गर्ने, लगायतको क्षेत्रमा लगानी गर्ने, संस्था २५ बर्ष पुगेकोमा रजत जयन्ति बर्ष मनाउने लगायतको योजना प्रस्तुत भएको थियो । 
    झापाको दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाको झापाकै दमक, कमल, बिर्तामोड, गौराहद, शिवसताक्षि, कन्काई, मोरङको उर्लाबारी, मिक्लाजुङ, पथरी र इलामको चुलाचुली गरी १ नम्बर प्रदेशको तीन वटा जिल्लामा १० सेवा केन्द्रहरु रहेको प्रतिवेदनमा उल्लेख छ । इलामको इलाम बजार, मोरङको बेलबारी, लेटाङ लगायतको क्षेत्रमा नयाँ सेवा केन्द्र विस्तारको प्रकृयामा रहेको अध्यक्ष भट्टराईले बताए । 
    मेची सहकारीको ९ हजार ४८० सय सदस्यसंख्या रहेको छ । ३१ करोड १४ लाख २ हजार ६०० शेयर पुँजी रहेको छ । एक अर्ब ९३ करोड ४ लाख १७ हजार ७८० बचत÷निक्षेप रहेका संस्थाको गत आर्थिक बर्षमा ८ करोड ६१ लाख, ४० हजार ८५२ नाफा रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । 
    कार्यक्रमको प्रमुख अतिथि रहेको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले कतिपय सहकारी संस्थाहरुले सहकारीको मर्म अनुसार नचल्दा कारबाही गनुपर्ने अवस्था रहेको बताए । सहकारी संस्थाहरु आम सञ्चार माध्यमहरुमा विज्ञापन गर्न नपाउने भएकोले यस क्षेत्रको सञ्चार माध्यमहरुले सहकारी सम्बन्धी कोलम राख्न पत्रकारहरुलाई सुझाव दिएका थिए । 

सम्वन्धित समाचार

 होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बन…

मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित लायन्स क्लब अफ पथरीको अध्यक्षमा मुरारी आचार्य निर्वाचित भएका छन् । …

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…