काठमाडौं। लुम्बिनी प्रदेका दुई एमाले सांसद माधवकुमार नेपाल पक्षमा लागेका छन् ।
लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधवकुमार नेपाल समूहमा लागेका हुन् । यसअघिसम्म नेपाल पक्षमा नखुलेका उनीहरु स्पष्ट रुपमा नेपाल पक्षमा खुलेका हुन् ।
एमाले नेपाल निकट बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएका हुन् । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने घर्ती पाल्पाकी समानुपातिक सांसद हुन्।
लुम्बिनी प्रदेश सभामा एमालेसँग ३७ सांसद छन्। शंकर पोखरेल मुख्यमन्त्री हुँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन् ।