• क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। 

    नेपाल ठेगाना नुवाकोट जिल्ला निवासी २८ बर्षिय अविवाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०५४८७०६९ नम्बर भएकी सन्जिता थिङ तामाङको आज मिति सन् २०२१/०८/१४ तारिख शनिबार बिहान राजधानी क्वालालम्पुरको अस्पतालमा मृत्यु भएकी हो। 

    केहि दिनदेखि अस्पतालमा भर्ना भैई उपचाररत सन्जिताको मृत्युको कारणबारे डाक्टरको भनाई अनुसार मृतक सन्जिताको टाउकोमा पानी जमेको थियो , हामीले बचाउने कोशिस गर्दागर्दै पनि बचाउन नसकेको डाक्टरले बताएको कुरा मृतकको शवलाई हेर्न अस्पताल पुगेका एक नेपालीले जानकारी दिनुभयो। 

    मृतक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मेरि बाशैँमा बिगत २ बर्षदेखि वैधानिक हैसियतमै काम गर्दै आएकी थिइन्। 

    हाल मृतकको शवलाई अन्तिम दाहसंस्कार गर्नको लागि स्वदेश फर्काउनलाई आवश्यक सम्पुर्ण कागजात बनाउन मिलाउनको लागि मलेसियन कास्केट कम्पनीलाई जिम्मेवारी दिईसकिएको जानकारी प्राप्त भएको छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…