• क्वालालम्पुर- मलेसियाको सेलाङ्गोर क्षेत्रमा अवस्थित ओक्टागोन एस डी.एन.बि.एच.डी कम्पनीमा कार्यरत एक नेपालि श्रमिकले सनिबार घाटीमा पासो लाएर आत्महत्या गरेका छन्। 

    करिब ४ बर्ष अघि रोजगारीको शिलशिलामा मलेसिया आएका ३८ बर्षीय स्वरुप लाल मुखिया आफु बस्ने होस्टेलको पंखामा डोरीले झुण्डिएर आत्महत्या गरेका हुन।कोठामा कोहि साथीहरु नभएको मौका पारी उनले देहत्याग गरेको उनि संगै बस्ने आफ्नै भाई सोरपा मुखियाले जानकारी दिए। घट्नास्थल प्रहरी द्वारा शिल गरिएको थियो। दाजुको शब् हेर्न सम्म पाईएन" भाईले भने"।

    मृतक सप्तरी जिल्ला स्थायिबासी हुन्। कार्यावधि समाप्त गरी सनिबारकै उडान मार्फत मुखिया नेपाल फर्किने तरखरमा रहेका थिए। उनले डीप्रेसनामा परेर आफु लाइ सिध्याउने निर्णय लिएको हुन् सक्ने संगै कोठामा बस्ने  एक नेपालिले बताए।

    मृतक स्वरुप लालको घरमा २ ओटा छोरी र ३ ओटा छोरा छन्। भने केहि समय अघि उनको श्रीमतीले अन्तै बिबाह गरी गएको कारण तनाबमा परी आत्महत्याको बाटो रोजेको हुन् सक्ने संगै कम्पनीमा काम गर्ने साथीहरुको भनाई छ। 

    प्राप्त जानकारी अनुसार मृतकको शब् थप पोस्टमार्टमका लागी मलेसियन प्रहरीले अस्पताल लगेका छन्। शब् लाई स्वदेश फर्काउने वा मलेसियामै दाहसंस्कार गर्ने भन्ने बारे यो समाचार तयार पार्दा सम्म कुनै जानकारी प्राप्त भएको थिएन।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…