• मोरङ । मोरङके बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग स्थित लक्ष्मि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले अबैधानिक रुपमा रुख कटान गरेको प्रमाणसहित उजुरी दिदा पनि वन कार्यालयले कारबाही नगरको गुनासो सार्वजनिक भएको छ । 

    लक्ष्मीमार्ग स्थित किरत धर्म संरक्षण समिति डाँगिहाटले संरक्षण गर्दै आएको वन भित्रको टिक, मसला, सिसौ जातको रुखहरु अबैध रुपमा कटान भएको थियो । कुनै प्रकृया पुरा नगरी गैर कानूनी रुपमा रुख कटानहुँदै गर्दा गएको साउन ४ गते किरात संरक्षण समिति पदाकारीहरुले फेला परेका थिए । 
    लकडी धुवानीको लागि ट्याक्टर समेत वनमै लगेर छ जनाले रुख काट्दै गर्दा किरात धार्मिक माङहिम (मन्दीर)मा कार्यरत पुजारी लगायतका पदाधिकारीहरुले रंगेहात भेटेका थिए । रुख काटिरहेको मजदुरहरुसँग सोधखोज गर्दा लक्ष्मी सामुदायिक वन समूहका अध्यक्ष सुजय गौतमले पठाएर रुख काटेको बताएको माङहिमका पुजारी शेरमान लिम्बूले बताए । 
    उक्त क्षेत्रबाट नौ वटा टिक, तीन मसला, दुइृ सिसौ गरी १४ वटा रुख अबैध रुपमा काटिएको लिम्बूले बताए । त्यहाँ आएका मजदुरहरुले वन अध्यक्ष सुजय गौतमले काट्न लगाएको भनेपछि लक्ष्मी वनकै कार्यालयमा भेटेर प्रस्न गर्दा रुखहरु प्रकृया मिलाएर ढालेको, त्यसबाट खाट बनाएर उपभोक्तालाई वितरण गरेको जानकारी दिएको वनका उपाध्यक्ष प्रेमकुमार राईले बताए । 
    गौतमको कुरा सुनेपछि किरात धार्मिक संरक्षण समितिले संरक्षण गर्दै आएको वन क्षेत्रको रुखहरु ढाल्न वनले कसरी लक्ष्मी वनको अध्यक्षलाई अधिकार दिए भनेर बुझ्न समितिका पदाधिकारीहरु सब डिभिजन वन कार्यालय बेलबारीको प्रमुख दिपेस मिश्रसँग भेटेर बुझ्दा रुख कटानको आदेश नदिएको कुरा बताएको किरात धार्मिक समितिका सचिव दीपक राईले बताए । 
    वन अधिकृत दिपेस मिश्रलाई अभियुक्तलाई कारबाही प्रकृया अगाडि बढाउन के गर्नुपर्छ भनेर सल्लाह माग्दा उजुरी दिन सुझाव आएपछि रुख ढाल्ने ब्यक्तिहरुलाई कडा कारबाही गर्न मागसहितको निवेदन दिएका थिए । 


    अबैध रुपमा रुख काट्न मानिस पठाएर अभियुक्त सुजय लगायतका ब्यक्तिहरुलाई कारबाही गर्न लिखित रुपमा निबेदन दिएको हप्ता पुग्न लाग्दापनि बेलबारी वन कार्यालयको प्रमुख दिपेस मिश्रले हालसम्म पक्राउ नगरेको भन्दै किरात धर्म संरक्षण समितिले सुक्रबार(साउन २९) बिज्ञप्ति प्रकाशन गरी घट्नाको सार्वजनिक गरेको हो । 
    किरात धार्मिक वन भित्र अबैध रुपमा रुख ढाल्दै गरेका छ जना मजदुरहरु र धुवानीको लागि त्यहाँ लगिएको को २ त ६७४८ नम्बरको ट्याक्टरको भिडियो, फोटोहरु किरात धार्मिक वनका पदाधिकारीहरुले खिचेका थिए । उक्त प्रमाणहरु संरक्षण समितिसँग रहेको छ ।  
    लक्ष्मी सामुदायिक वन समूहका अध्यक्ष सुजय गौतमले भने शव जलाउन दाउरा वितरण र उपभोक्ताहरुका लागि खाट निर्माण गर्न सुकेका रुख ढालेको स्वीकार गर्दै गलत नियतले काम नगरिएको बताए । आफू चार महिना अघि समूहको अध्यक्ष निर्वाचित भएर आएपछि किरात धर्म संरक्षण समितिलाई सम्पर्क गर्दा कहिले नआएकोले उपभोक्ताको हितमा काम गर्दा प्रतिशोतमा उत्रिएको आरोप लगाए । 
    वन कार्यालयले रुख ढाल्ने अभियुक्तहरुलाई कारबाही नगरेको गुनासो गरिरहँदा सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेस मिश्रले भने अनुसन्धान प्रकृया अघि बढेको बताए  । डिभिजन वन कार्यालय मोरङले रेन्जर राजेन्द्र घिमिरेलाई अनसुन्धान अधिकृत तोकेर लक्ष्मी सामुदायिक वन समूहलाई बयान लिने काम भइरहेको बताए । 

    शनिबार अपरान्ह भएको फोन सम्पर्कमा किरात धर्म संरक्षण समितिको परिषरमा काटिएको रुखको बारेमा सब डिभिजन वन कार्यालय बेलबारीको प्रमुख दिपेस मिश्र र लक्ष्मी सामुदायिक वन उपभोक्ताका अध्यक्ष सुजय गौतिमबीचको कुरा भने मेल खाएन । 
    वन अधिकृत मिश्रले त्यहाँ ढालिएको रुखको टुनाहरु ७० क्युफिट जति वन कार्यालयले जफत गरेको बताएपनि अध्यक्ष गौतमले भने काठ आफूहरुसँगै घाटगद्दीमा रहेको जानकार िदिए । किरात धार्मिक वन संरक्षण समितिले भने रुख ढालेर कहाँ लगेर बिक्री गरेर पत्ता लागि नसकेको बताए । 
    किरात धर्म संरक्षण समितिकाले विज्ञप्ति मार्फत गैर कानूनी रुपमा रुख ढाल्नुको साथै किराती समुदायको धार्मिक क्षेत्रमा अध्यक्ष गौतमले ठाडो रुपमा आक्रमण गरेको उल्लेख छ । 
    रुख काट्ने मानिहरुलाई तत्काल पक्राउ गरेर कानूनी कारबाही नगरे किरात धार्मिक समुदायलाई हेप्ने, हेलाहोचो गर्ने, आक्रमण गर्नेहरु विरुद्ध उत्रिन बाध्य हुने उल्लेख छ । यता लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुजय गौतमले भने वनको जग्गा अतिक्रमण गर्नेहरु विरद्ध कारबाहीमा जान पर्ने अवस्था आएको बताएका छन् । 
    किराँत धर्म संरक्षण समितिलाई लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहले मिति २०५८ सालमा धार्मिक वन दर्ताको लागि शिफारिस दिएको थियो । जिल्लामा त्यो बेला दर्ता नभएपनि करिव १५ कटठा जग्गा घेराबार गरी रुख विरुवा रोपेर संरक्षण गर्दै आएका छन् । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…