• काठमाडौं। नेकपा एमालेको विभाजन निश्चितप्राय अवस्थामा पुगको छ । 
    एमालेको मूलधारबाहेक माधव नेपाल र झलनाथ खनाल समूहभित्र पनि दुईधार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुले को छ। अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ ।

    यो दुई धार त्यतिबेला बलियो बन्यो जतिबेला नेता झलनाथ खनाल मृगौलाको समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भए। नर्भिक अस्पतालबाट भारत जाने दिन खनालको नाममा एउटा विज्ञप्ति जारी भयो, जुन नेता भीम आचार्यले मस्यौदा गरेका थिए । उक्त विज्ञप्तिमा एकताको विकल्प नभएको सन्देश थियो,

    त्यही सन्देशपछि नेपाल–खनाल समूहभित्र दुई धार प्रष्फुटन भएको स्रोतको दावी छ । र, आचार्य विवादमा तानिए । त्यसैकारण २०७८ असार २९ गते नेता खनालले भारतबाट शेरबहादुर देउवाको पक्षमा विज्ञप्ति निकाले । उक्त विज्ञप्ति आएको आचार्य स्वयम्ले पत्तो पाएनन्। कसले मस्यौदा ग¥यो भन्ने आचार्यले पत्तो नपाउँदै माधव नेपालले स्थायी समि तिको ग्रुपमा सेयर गरे ।

    नेपालले ग्रुपमा सेयर गर्दा आचार्यसहितको टोली माधव नेपालकै निवासमा थिए । आफूलाई थाहा नै नदिई खनालको विज्ञप्ति आएपछि रिसाएका आचार्य फन्केर हिंडेका थिए। यो समस्या त्यतिमात्र टुंगिएन । २०७८ साउन २२ गते नेपाल–खनाल समूहको केन्द्रीय कमिटी को बिचमा स्थायी समिति बैठकमा पनि आचार्यले नेता नेपालको गाली खानुप¥यो ।

    बाहिर नेपालविनाको पनि एमाले एकता हुन सक्ने बता इरहेका आचार्यले त्यहाँ नेपालविनाको एकता परि कल्पना नै गर्न नसक्ने धारणा राखेका थिए ।
    लगत्तै नेपालले तपाईले बोलेको कुराको प्रमाण दिउँ ? भन्दै आचार्यलाई थर्काएको प्रत्यक्षदर्शी स्रोत बताउछ। त्यस पछि मौन बसेका आचार्यसहित अन्य केही नेताहरु पनि बोलेनन्।

    आश्चार्य चाहिं केही महिना यता नेपाल–खनाल समूहमा खनालनिकट केही नेताहरु अस्वभाविक रुपमा एकताको पक्षमा उभिएका छन् घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, अरुण  नेपाल, निरज आचार्यसहितका खनालनिकट मानिएका नेताहरु अहिले नेपाललाई छोडेर पनि एकता गर्न सकिने धारणा राखिरहेका छन्।

    ओलीनिकट नेताहरुसँग उनीहरुले अन्तिममा नेपाललाई छोडेर एमालेमा रहनसक्ने बताइरहेका छन् । यो सन्देश भीम रावलले पनि अध्यक्ष ओलीसँग पु¥याइसकेका छन्। विभाजन भएको अवस्थामा आफू एमालेमै रहने रावलले भनिसकेको स्रोतको दावी छ । ”विभाजन भए म एमालेमै रहन्छु भीम रावलले ”, बताए / 

सम्वन्धित समाचार

भदौ २५ गते सम्पन्न वडा सम्मेलनले माओवादी केन्द्र मिक्लाजुङ्ग १ को वडा  कमिटी सर्वसम्मत रुपमा चयन गरेको …

भदौ १९ गते माओवादी केन्द्र मिक्लाजुङ्ग ९ को वडा भेलाले गौरी कान्त लम्साल संयोजक र खगेन्द्र दाहाल सहसंयोजक र…

सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा नम्बर १ को १ गाउँ पुरै माओवादीमा प्रबेश गरेको छ । द लास्ट रि…

नेकपा माओवादी केन्द्र मिक्लाजुङ्गले सहिद परिवारलाई सम्मान गरेको छ। महान जनयुद्धको समयमा सहिद हुनुभएको महे…