इलाम को माई मा , साउन ३२ गते । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले इलाम को नगर पालिका को माई अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर मेशिन सहयोग प्रदान गर्नु भएको छ ।
ईलामको माई नगर अस्पताललाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो । प्रदान गरिएको अक्सिजन कन्सन्ट्रेटर सोमबार माईका नगर प्रमुख दिपककुमार थेवे ले अस्पताललाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएका कन्सन्ट्रेटर १० लिटर क्षमताका रहेको माईका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।