• नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्र्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका लागि सक्रिय योगदान गर्न आह्वान गरेको बैठकपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । 

        उहाँले बैठकले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन आग्रह गरेको बताउनुभयो । केही साथीले पार्टी छाडेर जाने तयारी गरेका भन्दै त्यस्तालाई नजानसमेत आग्रह गर्नुभयो । 

        एमाले प्रवक्ता ज्ञवालीले जुन उद्देश्यका साथ संसद् स्थापना भएको थियो गठबन्धन पार्टीले त्यसअनुरुप काम नगरेको आरोप लगाउनुभयो । 

         “संसद्मा विचाराधीन कैयौँ विधेयकको टुङ्गो लगाउनुपर्ने र जनसरोकारका कैयौँ विषयमा छलफल गर्नुपर्नेमा सरकारले संसद् अधिवेशन अन्त्य गरेको छ,” उहाँले भन्नुभयो, “यो कार्य गठबन्धन सरकारले विगतमा सार्वजनिक रुपमा व्यक्त गरेका साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताबमोजिम समेत छैन ।”

        बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता ल्याउनसमेत सरकारको ध्यानाकर्षण गराएको जानकारी पनि दिनुभयो ।

सम्वन्धित समाचार

मोरङ । लोकसागर साम्बा मोरङको पथरीमा भएको सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) प्रतियोगित…

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजङ्गा धार्मिक वनको सभा हलमा बुधबार भक्तराज कन्दङ्वाको स्मृति सभा सभ…

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…