• मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित सव डिभिजन वन कार्यालयले आफ्नो क्षेत्रमा रहेको अबैध काष्ठजन्य उद्योगहरुको अनुसन्धान सुरु गरेको छ । 
    सव डिभिजन वन कार्यालय पथरीशनिश्चरेले नगरको १० वटा र सुनबर्षी नगरपालिकाको दुई वडा पर्दछ । 
    उक्त क्षेत्रमा रहेको काष्ठजन्य उद्योग, समिल र फर्निचर (काठ सम्बन्धी काम गर्ने) उद्योगहरुको बैध, अबैध जानकारी लिन अनुसन्धान थालेको सो कार्यालयले जनाएको छ । सव डिभिजन वन कार्यालय पथरीले साउन ४ गते पथरीशनिश्चरेको १०, सुनबर्षीको १ र २ नम्बर वडा कार्यालयलाई पत्र लेखेर काठ सम्बन्धी कामगर्ने उद्योगहरु दर्ता भए सो सम्बन्धी प्रमाणपत्र लगायतको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ । 
    वडा कार्यालयको विवरण आएपछि अबैध रुपमा दर्ता नगरी सञ्चालनमा रहेको उद्योगहरुलाई कानून बमोजिम कारबाही चलाउने सब डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्र कार्कीले बताए । 
    काठ सम्बन्धि काम गर्ने उद्योग तथा फर्निचर उद्योग खोल्न वन क्षेत्रदेखि कम्तिमा ५ किलोमिटर टाढा हुनु पर्ने ऐनमा उल्लेख छ । यद्यपि यस क्षेत्रमा कानून विपरित उद्योगहरु सञ्चालना रहेको गुनासो आइरहेको भन्दै सब डिभिजन वन कार्यालय पथरीले सो अनुसन्धानपछि दर्ता नगरी, वन ऐन विपरित रहेको उद्योगहरुलाई कारबाही चलाइने प्रमुख कार्कीले जनाएको छ । अबैध उद्योगहरुको कारण पनि यस क्षेत्रमा अबैध काठ खरिद, बिक्री हुने गरेको वन कार्यालयको ठहर रहेको छ । 

सम्वन्धित समाचार

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…