• १५ फागुन २०७४
    भीमराज अधिकारी, मोरङ
    नेपाल विद्यार्थी संघ मचिन्द्र मावि केराबारीको आयोजनामा जारी नकआउट फुड्बल खेल अन्तरगत मंगलबार फाइनल खेल हुदैँ छ । मच्चिन्द्र मावि केराबारीको खेल मैदानमा जारी अन्तर मावि स्तरीय खेलको मंगलबार फाइनल हुने भएको हो । फाइनल खेलमा मिनिल्याण्ड एकेडेमी केराबारी र लक्ष्मी मावि लेटाङ बिच हुने आयोजकले जानकारी दिएको छ ।
    सोमबार भएको सेमिफाइनल खेलमा लक्ष्मी माविले सार्वजनिक मावि केराबारीलाई १–० गोल अन्तरले हराएपछि लक्ष्मी माविले फाइनल खेल तय गरेको हो । लक्ष्मीका तर्फबाट मौषम मल्लले १ गोल गरेका थिए ।
    आइतबारको पहिलो सेमीफाइनल खेलमा के यू एकाडेमीलाई १–० गोल अन्तरले पराजीत गर्दै मिनिल्याण्डले फाइनल तय गरिसकेको छ । खेलको बिजेता टिमले ३० हजार नगद र उप बिजेता टिमले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।

    Image may contain: people sitting, stripes and indoor

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…