• भदौ १९ गते माओवादी केन्द्र मिक्लाजुङ्ग ९ को वडा भेलाले गौरी कान्त लम्साल संयोजक र खगेन्द्र दाहाल सहसंयोजक रहने गरी २५ सदस्य वडा सम्मेलन आयोजक समिति गठन गरेको छ । 
    लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला सचिवालय सदस्य तथा मिक्लाजुङ्ग इन्चार्ज प्रेम मिभक गाउ पार्टी सचिव दिनेश पौडेल सहित गाउ पार्टी सचिवालय सदस्य गंगा भण्डारी, उमेश राई, गोपाल नेपाली, एन्टो जिल्ला सदस्य रत्न तामाङ, ७ नंबर वडा पार्टी अध्यक्ष दिपिन थापा, वडा नं ६ सचिव मनोज पौडेल, साबिक मधुमल्ला पुर्व सचिव प्रेम बराल लगायतका नेताहरुको  उपस्थिति रहेको थियो। 

    माओवादी केन्द्र मिक्लाजुङ्गले यस अघि नै वडा नं १, ५, ७ र ८ मा वडा भेला सम्पन्न गरिसकेको छ । नेकपा भने पछि माओवादी केन्द्रको छुट्टै संगठन वडा स्तरमा नभएको कारण सदस्यता विस्तार, संगठन पुनर्गठन र पार्टी गतिविधिलाई व्यवस्थित गर्न भदौ भित्र सबै वडाहरुमा भेला आयोजक कमिटी गठन गरिसक्ने र असोज मसान्त भित्र नौ वटै वडाहरुमा भेला मार्फत वडा संगठन कमिटी गठन गरिसक्ने योजना सहित पार्टी गतिविधि अगाडि बढेको मिक्लाजुङ्ग गाउ पार्टीका नेता तथा पुर्व सचिव गोपाल नेपालीले वताउनुभयो।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…