• अस्पतालमा कोरोना सङ्क्रमण भएका बिरामी बढेका छन् । सघन उपचारकक्षमा रहेका तीन बिरामीका लागि उच्च गतिमा अक्सिजन दिनुपर्छ । विद्युत् आपूर्ति अनियमित भएकाले अस्पतालको प्लान्टले राम्रोसँग अक्सिजन उत्पादन गर्दैन । पोखराबाट सिलिण्डर भरेर ल्याउन मध्यपहाडी लोकमार्गमा एक साता पहिले खसेको पहिराका कारण समस्या छ ।

    अक्सिजनको अभाव हुन नदिन अस्पताल प्रशासनले वैकल्पिक मार्गबाट सिलिण्डर भरेर ल्याउन थालेको छ । पोखराबाट स्याङ्जा हुँदै पर्वतको कटुवाचौपारी ल्याइएका सिलिण्डर बोकेर पर्वत सदरमुकाम कुश्मा ल्याइएको हो । सशस्त्र प्रहरीको सहयतामा कुश्मा ल्याइएका सिलिण्डर त्यहाँबाट सवारीको सहयतामा बागलुङ पु¥याइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले बताताउनुभयो । अस्पतालमा अक्सिजन अभाव हुन नदिन पोखरेल आफैँ खट्नुभएको छ ।

    “राति १२ बजेसम्म दुई जनाले एउटा सिलिण्डर बोकेर पहिरो छलियो, सशस्त्र प्रहरीले सघाउनुभयो”, पोखरेल भन्नुहुन्छ, “केही दिन त मौज्दात सिलिण्डरले धाने, बाटो खुल्ने छाँट नदेखेपछि बोकेरै भए पनि सिलिण्डर भरेर ल्यायौँ ।” अस्पतालले बुधबार मात्रै ३५ ठूला सिलिण्डर पोखराबाट भरेर ल्याएको छ ।

    पोखराका कम्पनीले गाडी पठाउन नसकिने जनाएपछि पर्वतबाटै सिलिण्डर बोक्ने गाडी स्याङ्जाको बाटो पठाइएको थियो । कुश्मामा सिलिण्डर निकाल्न सबैभन्दा धरै समस्या भएको पोखरेल बताउनुहुन्छ । सघन उपचारकक्षमा मात्रै होइन, अस्पतालको आइसोलेशनमा समेत कोरोनाका बिरामी छन् । 

    अस्पतालमा भरेर राखेका सिलिण्डरको ‘रिप्लेस’ नहुँदा सङ्कट आउने भन्दै विकल्पको खोजी गर्न थालेको अस्पताल प्रशासनले जनाएको छ । बीस बिरामीलाई पुग्ने अक्सिजन अस्पतालमै रहेको प्लान्टबाट उत्पादन हुने भए पनि पहिराकै कारण ठाउँठाउँमा क्षति भएको विद्युत्को प्रसारण लाइन अनियमित हुँदा राम्रोसँग चल्दैन । नयाँ प्लान्ट स्थापनका काम अघि बढेको भए पनि प्लान्ट ल्याउन ढिलाइ हुँदा पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ । 

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…