• मोरङ । मोरङको पथरी शनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको निर्वाचनमा चार वटा पार्टीको संयुक्त प्यानलले आज (बिहिबार) उमेद्वारी घोषणा गरेको छ ।
    प्यानलको नेतृत्व धनकुमार तामाङले गरेका छन् । तामाङ नेतृत्वको टोलीले आज अपरान्ह कार्यक्रमको आयोजना गरी उमेद्वार घोषना गरेको छ । तामाङ नेपाली कांग्रेस निकट ब्यबसायी हुन् । 
    भदौ २८ गते हुने निर्वाचन तामाङ नेतृत्वको साझा प्यानलको वरिष्ठ उपाध्यक्ष ओमप्रसाद लिम्बु(नेकपा, एस), उपाध्यक्ष रविन राई(माओवादी केन्द्र, महासचिव राजेन्द्र बस्नेत(नेका), उद्योग सचिव प्रेमप्रसाद सुवेदी(नेका), वाणिज्य सचिव खेमनाथ ढुंगेल(माओवादी), कोषाध्यक्ष विजयजंग बस्नेत(नेका) रहेका छन् ।
    त्यसैगरी सदस्यहरुमा पृथ्वी आले मगर र बलिदान चेम्जोङ(नेकपा,एस), तुलसी लुनिया र इन्द्रबहादुर राई (माओवादी), महिला सदस्यहरुमा मुना पाण्डे(नेका) र जुनी थपलिया(नेकपा, एस) रहेका छन् । 
    लेखा संयोजकमा चन्द्रप्रसाद सापकोटा(नेकपा, एस), सदस्यमा प्रदिप पराजुली(नेका) र सन्तविर विश्वकर्मा (गहतराज) (नेकपा, एस) रहेका छन् ।
    साझा प्यानलमा नेपाली काग्रेस, माओवादी केन्द्र, नेकपा(एस) र जनता समाजवादी पार्टीले १६ मध्ये क्रमस ८, माओवादी, नेकपा समाजवादीले ४—४ पदमा उम्मेद्वारी दर्ता गरेको हो । जनता समाजवादी पार्टी सम्बद्ध ब्याबसायीहरुले धनकुमार तामाङ नेतृत्वको संयुक्त प्यानललाई सहयोग गर्ने सो पार्टीका केन्द्रीय सदस्य लोकसागर साम्बाले बताए । 
    संयुक्त प्यानलका तर्पmबाट अध्यक्ष पदका उमेद्वार धनकुमार तामाङ संघको पूर्ब अध्यक्षसमेत हुन् । अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीहरु एकातिर र कांग्रेस एक्लै लड्दा दीपक बस्नेतसँग ९५ मतले पाराजित भएका थिए । 

    उमेद्वारी घोषणा कार्यक्रममा उमेद्वार तामाङले नगरका आम उद्योगी व्यावसायिहरुको हितमा प्रतिबद्धता गरे । 

    नेकपा (एमाले) एक्लै निर्वाचनमा भिड्न् पर्ने भएको छ । मोर्चा बनाउन एमाले सम्बद्ध ब्यबसायीहरुले पनि प्रयास गरेका थिए । 
    एमाले सम्बद्ध ब्याबसायीको तर्फबाट अध्यक्षमा दीपक बस्नेत(नेवर्तमान अध्यक्ष), महासचिवमा अशोक साम्पाङ राई (निवर्तमान महासचिव) लगायतले उमेद्वारी मनोनयन गरेका छन् । अन्य पादमा भने स्वतन्त्र उमेद्वारी पनि परेको छ । एमाले उमेद्वारहरुले भने उमेद्वारी घोषणा गरेको छैन । 
    लेखा संयोजकमा तीन जनाको मनोनयन दर्ता भएको छ । अन्य पदहरुमा पनि बढी नै मनोनयन दर्ता भएको छ । 
    अघिल्लो निर्वाचनमा ७४४ मतदाता रहेका थिए । यस बर्ष १३४ (आजीवन सदस्य) र १५ सय ८६ साधारण गरी १७ सय २० मतदाता रहेको छ । 


     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…