• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको निर्वाचनको कार्यक्रम मंगलबार सार्वजनिक भएको छ । 
    निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रममा २४ गते मनोनयन दर्ता, २५ गते फिर्ता, २६ गते अन्तिम नामवली प्रकाशन र २८ गते बिहान ८ देखि बेलुका ५ बजेसम्म मतदानको कार्यक्रम रहको छ । 
    संघको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, वाणिज्य र उद्योग सचिव २ र कोषाध्यक्ष गरी सात पदाधिकारी र छ सदस्य गरी १३ जना कार्यसमितिको निर्वाचन हुने निर्वाचन समितिको संयोजक अर्जुन बुढाथोकीले बताए । लेखा समिति संयोजक र दुई जना सदस्यकोसमेत निर्वाचन हुनेछ । 


    निर्वाचनमा १३१ आजिवान सदस्य (५० हजार संघमा बुझाएका)सहित एक हजार ७२२ जना मतदाता भएको बुझिएको छ । अघिल्लो निर्वाचनमा ७४४(पुरानो) जना सदस्य रहेका थिए भने यो पटक ९७८ जना (नयाँ) थपिएका छन् । निर्वाचन प्रयोजनको लागि दुबै पक्षबाट सदस्य संख्या थपिएको बुझिएको छ । 
    संघको सदस्य हुन ब्याबसायिक स्थायी लेखा नम्बर(पान नम्बर) भए पाँच सय रुपैया लिएर नयाँ सदस्य बनाउने मापदण्ड राखिएको थियो । 
    कर कार्यालय पथरीमै भएको कारण नवीकरण र नयाँ सदस्यको आवेदन खुल्ला भएको २० भदौसम्म निर्वाचन प्रयोजनको लागि पान नम्बर लिनेहरुको भीड लागेको थियो । कतिपयले ब्यापार नभएपनि फर्म दर्ता गरेर पान नम्बर लिएको बुझिएको छ । 

    अध्यक्षमा दीपक र धनकुमार भिड्ने निश्चित
    संघको १८ औं साधारणसभा भदौ २६ खुल्ला कार्यक्रम हुने यस अघिने सार्वजनिक भइसकेको छ । खुल्ला सभाभन्दा संघको निर्वाचनप्रति उद्योगी, ब्याबसायीहरुको चासो बढेको छ । 
    निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एस) र जनता समाजवादीवीच संयुक्त मोर्चा बनाएर निर्वाचनमा जाने छलफल चलिरहेको छ । 
    यो मोर्चाको तर्फबाट अध्यक्षमा धनकुमार तामाङ उमेद्वार बन्ने निश्चित भएको छ । तामाङ नेपाली कांग्रेस निकट ब्याबसायी हुन् । कांग्रेसबाट राजेन्द्र बस्नेत लगायतको नाम आएको छ । 
    यो पोलबाटै माओवादी केन्द्रका रबिन राई, प्रेम ढकाल, रोहित बास्तोला, नेकपा(एस)का ओम लिम्बू, बलिदान लिन्बू, पृथ्वी आले मागर लगायतका ब्यबसायीहरु रहेका छन् । जनता समाजवादीको तर्फबाट एलबी भण्डारी लगायतका ब्यबसायीहरु रहेका छन् । 


    मोर्चाको लागि ब्याबसायीको साथै नगर लेवलका पार्टी नेताहरुसमेत छलफलमा रहेको नेकपा(एस)का जिल्ला समिति सदस्य टंक भण्डारीले बताए । मोर्चाको लागि छलफल निरन्तर भएपनि कांग्रेसले मेजर ७ मध्ये अध्यक्ष, महासचिवसहित चार दावि नछाडेपछि फाइनल भइनसकेको बताइएको छ । 
    एमालेको तर्फबाट अध्यक्षमा दीपक बस्नेत र महासचिवमा अशोक साम्पाङ राईले नै उमेद्वारी दिने टुङ्गो भइसकेको बुझिएको छ । 
    भर्खरै बिभाजित पार्टी एमालेले नेकपा(एस)सँग उवा संघमा निर्वाचनमा मोर्चा बनाउन प्रस्ताव राखेपछि छलफल भएको बुझिएको छ । एमालेले मुख्य ७ मध्ये चार दिने प्रस्ताव आएको बताइएको छ । यद्यपि एमालेसँग नेकपा (एस)को चुनावी तालमेलको संभावना न्युन रहेको बताइएको छ । 
    उवा संघ निर्वाचनको सन्दर्भमा एमालेका एकजना नेताले केही दिन अघि चारैवटा पार्टी मिलेपनि एमालेको कमर मुनिहुने फेसबुक स्टाटस राखेपछि पथरी उवा संघमा वाम एकताको संभावना नभएको माओवादीका एक नेताको भनाइ छ । बरु एक्ला,एक्लै लड्न तयारहुने तर अरुलाई होच्याउने, अपमानित गर्ने प्रवृतिसँग मिल्न नसकिने ती नेताले बताए । 
    निर्वाचनमा तामाङ वा बस्नेत कुन प्यानलले जित्छ यसै भन्न सकिने अवस्था छैन । यद्यपि वाम पार्टीहरु एक आफसमा बिभाजन भएको बेला नेपाली कांग्रेस र उसका समर्थकहरुको मानोवल उच्च हुने नै भए । 
    यो बेला कांग्रेसलाई साझा संघ, संगठनको मात्र होइन राष्ट्रिय निर्वाचन नै जितिने आँकलन छ । त्यसमा पनि माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादीसँगको मोर्चाले कांग्रेसजनलाई उद्साहित बनाएको छ । 
    दुई अध्यक्ष उमेद्वारको तुलना गर्दा दीपक बस्नेत अन्तरमुखी र ठूला ब्याबसायीसँग सम्बन्ध, सम्पर्क भएको ब्यापारीहरुको भनाइ छ । 
    धनकुमार तामाङको सम्बन्ध साना, मझौला ब्याबसायीहरुसँग निकट सम्बन्ध रहेको ब्याबसायीहरुको भनाइ छ । धनकुमार तामाङ गएको स्थानीय तहको निर्वाचनमा १ नम्बर वडा अध्यक्षमा स्वतन्त्र उमेद्वार उठेर निकटतम प्रतिद्वन्द्वी भएका ब्यक्ति हुन् । स्वभाव काम भन्दा पनि निर्वाचनहरुमा विचार लाइनकै आधारमा भोट खस्ने गरेको पाइन्छ । 
     

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …