• उर्लाबारी  । प्रदेश १ सरकारको प्राथमिकताको आयोजनाको रुपमा रहेको मोरङको उत्तरी क्षेत्र किसानचोक–टाँढी–रमिते बहुवर्षे सडक आयोजनाको ७ किलोमिटर क्षेत्र कालोपत्रे सुरु भएको छ ।

    असोज मसान्तसम्ममा २० किलोमिटर कालोपत्रे गर्ने गरी ५८ करोड लागतमा उक्त सडक निर्माण सुरु गरिएको थियो । तर, कोभिडका कारण सडक निर्माणको काम पछाडि धकेलिएको थियो  ।

    बहुवर्षे कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र १ (क)का सांसद कुलप्रसाद साम्बाको पहलमा निर्माण भएको सडकको ग्राभेलको काम भने सकिएको छ । सडक निर्माणका लागि अहिलेसम्म २६ करोड रकम खर्च भइसकेको पूर्वाधार विकास कार्यालय मोरङका टेक्निकल अफिसर किशोर पुरीले बताए ।

    पुरीका अनुसार चैत मसान्तसम्म म्याद थप्नुपर्ने देखिएको छ । बजेटको व्यवस्थापन हुन नसक्दा तत्कालका लागि २० किलोमिटर क्षेत्रमै कालोपत्रे गर्ने काम भने असम्भव रहेको बताए । यद्यपि बजेटको व्यवस्था हुनेवित्तिकै कालोपत्रे गर्ने क्षेत्र बढ्ने उनले बताए ।

    कालोपत्रे सुरुवात भएसँगै सोमबार सडक विभागले अनुगमन गरेको छ । अस्फाल प्रविधिबाट गरिएको कालोपत्रे अनुगमनका क्रममा जानकारी दिँदै पुरीले गुणस्तरीय सडक निर्माण भइरहेको बताए । स्थानीयले भने टाँढीमा कालोपत्रे होला भन्ने आफूहरुले नसोचेको बताउँदै आँखै अगाडि कालोपत्रे भएको देख्दा खुसी लागेको बताएका छन् ।

    सो क्षेत्रका सांसद कुलप्रसाद साम्बाले सडक निर्माण समयमै सम्पन्न हुनुपर्ने बताउँदै सडक कालोपत्रे गर्ने आफ्नो सपना पुरा भएकोमा खुसी व्यक्त गरे ।
    www.hamromat.com बाट 

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…