• मोरङ । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले सुक्रबार मोरङको पथरीशनिश्चरे नगरमा संसदीय ब्यबस्था र अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रचार अभियान सुरु गरेको छ । 
    सो संगठनले सुक्रबार पथरीशनिश्चरे नगरपालिको भित्तामा दलाल तथा भ्रष्टहरु—होसियार, दलाल संसदीय ब्यबस्था—खारेज गरौ, राष्ट्रघाति एमसीसी—खारेज गरौ, पहिचानसहितको संघीय गणतन्त्र—स्थापना गरौ लगायतको नारा लेखिएको पर्चा टाँसेको हो ।
    नेकपा (क्रान्तिकारी माओवादी)को १ नम्बर प्रदेश सदस्य सुरेन्द्र चापागाई, मोरङ जिल्ला सेक्रेटरी सुमन पराजुली (बालद) लगायतको टोलीले नगरपालिकाको भित्तामा पर्चा टाँसेको हो । 

    संगठनको करिब १८ जनाको समूहले पथरीको बिभिन्न चोक तथा मुख्य सडकको दुबै किनारमा पर्चा टाँसेको हो । 
    भ्रष्ट्रचार, दलाल संसदीय ब्यबस्था र एमसीसी बिरुद्ध मोरङको बिराटनगर, सुन्दर हरैचाको बिराटचोक लगायतको स्थानबाट प्रचार अभियान एकसाथ थालेको संगठनको प्रदेश समिति सदस्य सुरेन्द्र चापागाईले बताए । 


    सुक्रबार पुर्ब पश्चिम मुख्य सडकसँग जोडिएको क्षेत्र र शनिबार दक्षिणी बेल्टमा प्रचार अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको बताइएको छ । 
    बैद्य माओवादीले राष्ट्रघाती एमसीसीको पक्षधर र भ्रष्ट्रचार गरेका पुष्टि भएका ब्यक्तिहरुलाई कालो मोसो दल्ने लगायतको कार्यक्रम चाँडै ल्याउने एक नेताले बताए । 
    केही हप्ता अघि नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समेत पथरीमा सोही मुद्धाको बारे नारा जुलुस तथा कोणसभा गरेका थिए । पथरीशनिश्चरेमा भ्रष्ट्रचार र कमिसनको खेल बढी भएको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको क्रियाकलाप अन्य क्षेत्र भन्दा पथरीमा बढी हुने गरेको छ । अनुसन्धानमा अन्य पालिकाहरुमा भन्दा पथरीशनिश्चरेमा मिलेमतो, अनियमितता र भ्रष्ट्राचार बढीहुने गरेकोले कार्यक्रम यही केन्द्रीकृत गर्नुपरेको एक नेताले बताए । केही समयपछि त्यस्ता ब्यक्तिहरु विरुद्ध कडा कारबाहीको कार्यक्रम रहेको ती नेताको भनाइ छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…