• मोरङ । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले सुक्रबार मोरङको पथरीशनिश्चरे नगरमा संसदीय ब्यबस्था र अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रचार अभियान सुरु गरेको छ । 
    सो संगठनले सुक्रबार पथरीशनिश्चरे नगरपालिको भित्तामा दलाल तथा भ्रष्टहरु—होसियार, दलाल संसदीय ब्यबस्था—खारेज गरौ, राष्ट्रघाति एमसीसी—खारेज गरौ, पहिचानसहितको संघीय गणतन्त्र—स्थापना गरौ लगायतको नारा लेखिएको पर्चा टाँसेको हो ।
    नेकपा (क्रान्तिकारी माओवादी)को १ नम्बर प्रदेश सदस्य सुरेन्द्र चापागाई, मोरङ जिल्ला सेक्रेटरी सुमन पराजुली (बालद) लगायतको टोलीले नगरपालिकाको भित्तामा पर्चा टाँसेको हो । 

    संगठनको करिब १८ जनाको समूहले पथरीको बिभिन्न चोक तथा मुख्य सडकको दुबै किनारमा पर्चा टाँसेको हो । 
    भ्रष्ट्रचार, दलाल संसदीय ब्यबस्था र एमसीसी बिरुद्ध मोरङको बिराटनगर, सुन्दर हरैचाको बिराटचोक लगायतको स्थानबाट प्रचार अभियान एकसाथ थालेको संगठनको प्रदेश समिति सदस्य सुरेन्द्र चापागाईले बताए । 


    सुक्रबार पुर्ब पश्चिम मुख्य सडकसँग जोडिएको क्षेत्र र शनिबार दक्षिणी बेल्टमा प्रचार अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको बताइएको छ । 
    बैद्य माओवादीले राष्ट्रघाती एमसीसीको पक्षधर र भ्रष्ट्रचार गरेका पुष्टि भएका ब्यक्तिहरुलाई कालो मोसो दल्ने लगायतको कार्यक्रम चाँडै ल्याउने एक नेताले बताए । 
    केही हप्ता अघि नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समेत पथरीमा सोही मुद्धाको बारे नारा जुलुस तथा कोणसभा गरेका थिए । पथरीशनिश्चरेमा भ्रष्ट्रचार र कमिसनको खेल बढी भएको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको क्रियाकलाप अन्य क्षेत्र भन्दा पथरीमा बढी हुने गरेको छ । अनुसन्धानमा अन्य पालिकाहरुमा भन्दा पथरीशनिश्चरेमा मिलेमतो, अनियमितता र भ्रष्ट्राचार बढीहुने गरेकोले कार्यक्रम यही केन्द्रीकृत गर्नुपरेको एक नेताले बताए । केही समयपछि त्यस्ता ब्यक्तिहरु विरुद्ध कडा कारबाहीको कार्यक्रम रहेको ती नेताको भनाइ छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन १० नं. वडा स्थित भुटानी शरणार्थी शिविर क्षेत्रमा सार्…

मोरङ । कोशी प्रदेश नामको समर्थक बस्ने प्रदेश सभा सदस्य निरन राईलाई शनिबार झापाको बिर्तामोडमा वंश गद्दार घो…

मोरङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश नं. १ का पूर्ब मुख्यमन्त्रीहरु शेरधन र…

मोरङ । कोशी प्रदेश नाम खारेजी विरुद्ध ‘पहिचानको लागि सडक साहित्य यात्रा—२०७९’ मोरङको …