काठमण्डौ । अध्यक्ष प्रचण्डले भने - आगोसँग खेलेका कारण केपी ओली बालुवाटारबाट बालकोट पुगेको र प्रदेश सरकारहरु पनि गुमाएको तितो यथार्थलाई
बिर्सन्न सकिन्न । एक कार्यक्रममा प्रचण्डले भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अग्रगामी जनलहर फेरि पनि हमला गरिरहेनेहो भने, राजनीतिबाटै बाहिर पुर्याई दिने चेतावनी समेत दिएका छन ।
प्रतिपक्षको असहमति बीचबाट ओली सरकारले बनाएको भूमि आयोग विघटन गरेर देउवा सरकारले नयाँ आयोग गठन गरे संगै माओवादी केन्द्रको भागमा भूमि व्यवस्था मन्त्रालय परेको छ। त्यसकारण अध्यक्षले एक प्रसंगमा भने ‘हेर्नुहोला, चुनाव अगाडि लालपूर्जा वितरण गर्छौं ।
आगोसँग खेलेका कारण बालुवाटारबाट बालकोट पुगेको प्रसंग दोहोर्याउदै , प्रदेश सरकारहरु पनि गुमाएको र ‘२/४ दिनमा बाग्मती र १ नम्बर प्रदेशबाट पनि सरकारबाट बिदा हुने दाबि गरे ।’