• गण्डकी, २८ असोज

    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।

        विजयादशमीअन्तर्गत नवमीका अवसरमा आज पोखरा–१७ विरौटास्थित राममन्दिरमा पूजाआराधना गर्दै उहाँले संवैधानिक हकअधिकार उपयोग गर्दै थप अधिकारका लागि निरन्तर अघि बढ्नुपर्ने बताउनुभयो ।

        प्रदेश प्रमुख गुरुङले संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष घोषणा भएको उल्लेख गर्दै धर्म संस्कृतिले मानिसलाई सत्कर्ममा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

        राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लीलाभक्त आचार्यले उहाँलाई स्वागत गर्दै मन्दिरको गतिविधिबारे अवगत गराउनु भएको थियो । मन्दिर परिसरमा स्थानीय समाजसेवीलगायत भक्तजनको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा पुन मनोज राजवंशीको अध्यक्षतामा नयाँ समिति सर्वसहमत चयन भएको छ ।&n…

मोरङ । नेकपा (माओवादी केन्द्र)मा शक्ति पुन आर्जनको प्रयास भइरहेको छ ।  यसै क्रममा आगामी मंसिर ११ गत…

मोरङ । किरात याक्थुङ चुम्लुङले १ नम्बर प्रदेशको ना किरात राख्न माग गरेको छ ।  किरात याक्थुङ चुम्लु…

उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीका नेता नरबहादुर मोक्तानले बिचार बिबेक र निष्ठा सहितको पार्टी संगठन …