• गुल्मी, २९ असोज

     गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र  अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो ।

        दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका  १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो ।

        दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने एक जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ । सदरमुकाम तम्घास नजिकै दुर्घटना भएका कारण तत्कालैै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो । उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर लत खसेको थियो । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…