• कर्णाली, १ कात्तिक

    दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए । यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाकामात्रै २९ जना थिए । सो दुर्घटनाले सो नगरपालिका पूरै शोक डुब्यो । 

        प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन् । मुुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका एक÷एक सवारी दुर्घटना भए । प्रदेशमा दसैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

भैरहवा,  ०७ जेठ रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थ…

खोटाङ, ६ जेठ  स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् …

हुम्ला, ६ जेठ हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार  प्यारीलाल शाही विजयी भएका छ…

लमजुङ,  ०६ जेठ जिल्ला प्रहरी  कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जन…