• काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही कात्तिक ६ गते वडाहरुको अधिवेशन शनिबारदेखि सुरु गर्ने भएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

    यसैलाई नै औपचारिक उद्घाटन मानेर अधिवेशनका कार्यक्रम अघि बढ्ने एमालेले जनाएको छ । हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो ।

    नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका तय गरेको छ ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…