• काठमाडौं । नेपालीहरुको महान् पर्व बडा दशैंको आज ९सोमबार० चौथो दिन, वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी रहेको छ । 

    आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिन सबै ९अखिल० बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

    यस वर्ष कात्तिक २ गते मङ्गलबार ९भोलि० कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  

    कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात नेपालीको महान पर्व बडा दसैँ समाप्त हुन्छ ।  

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…