• मोरङ । मोरङको उर्लाबारी—३ स्थित मदनभण्डारी अस्पताल तथा ट्रमा सेन्टरको चरम लापार्बाहीको कारण सुरक्षाको लागि राखिएको दुई वटा सब कुहेको पाइएको छ । 
    मदन भण्डारी अस्पताल १ नम्बर प्रदेश स्तरीय ट्रमा सेन्टरसहितको सरकारी अस्पताल हो । 
    घट्ना बिवरण अनुसार मोरङ पथरीशनिश्चरे—१ की ७० बर्षिय छत्रकुमारी लिम्बूको शव असोज २७ गते र सुनसरी धरान—१६ को ६७ बर्षिय चेतनप्रकाश बास्कोटाको शव २५ गते सुरक्षाको लागि मदन भण्डारी अस्पतालको शव गृहमा राखिएको थियो । 
    कालगतिले मृत्यु भएको दुवै जनाको आफन्त देश बाहिरबाट आउने भएपछि सुरक्षाको लागि दैनिक १५ सय रुपैया तिरेर शव गृहमा राखिएको थियो । 
    मतृक छत्रकुमारी लिम्बूकी छोरी साहारा लिम्बू भन्छिन ‘राखेको भोलीपल्टा आमाको शव हेर्नजाँदा अस्पतालमा कोही भेटिएन, तेस्रो दिन पुग्दा सडेर नचिनिने गरी कालो भइसकेको थियो ।’
    प्रशासन प्रमुख डा. सुनिल साहालाई फोन गर्दा आफू छुट्टीमा रहेको जानकारी दिएका थिए । साहालाई आमाको शव कुहेको बारे आपत्ति जनाएपछि फेरि परिवारलाई जानकारी नदिइ कालो प्लाष्टिकमा प्याक गरेर झापा दमकको आम्दा अस्पताल लगेको छोरी साहारा लिम्बूले बताइन । बहिनी बिदेशबाट आउने भएपछि आमाको शव सुरक्षाको लागि अस्पतालको शव गृहमा राखिएको तर लापार्बाहीको कारण उल्टै कुहाएर खतम गरिदिएको साहाराको भनाइ छ । निक्कै आक्रोशित साहारा भन्छिन ‘अस्पतालको लापार्बाहीले हामी अन्यायमा परेपनि अरुलाई यस्तो नहोस भन्ने उदेश्यले छानबिन गरी दोषिलाई कारबाही गर्नु पर्दछ ।’
    छत्रकुमारीको जस्तै सुनसरी धरान—१६ को ६७ बर्षिय चेतनप्रकाश बास्कोटाको शव पनि सोही अस्पतालमा कुहेको छ । उनको छोरा बिदेशबाट आउने भएपछि धरानमा शव गृह खालि नभएको कारण मदन भण्डारी अस्पतालमा ल्याएर राखिएको थियो । छत्रकुमारीको भन्दा दुई दिन अघि ल्याइएको बास्कोटाको शव झनै क्षतविक्षद अवस्थामा पुगिसकेको थियो । 
    मृतकको ज्वाई टेकप्रसाद अधिकारी भन्छन ‘ससुरा चिन्नै गारो पर्ने गरी षडिसकेको अवस्थामा दमक आम्दा अस्पताल लगिएको रहेछ, गएर हेर्दा शव दुर्गन्ध भइसकेको थियो ।’ 
    आमाको शव कुहिनुको साथै शव गृहबाट बेपत्ता भएको भन्दै पीडित साहारा लिम्बूले इलाका प्रहरी कार्यालय उर्लाबारीमा निवेदन लेखि अस्पतालको प्रशासन प्रमुख डा. रबि साहा र ब्यबस्थापन समितिलाई सोधखोज गरी अनुसन्धान गर्न माग गरेकी थिइन । मृतक बास्कोटाको आफन्तले पनि सोही बेहोराको निबेदन इलाका प्रहरी कार्यालय उर्लाबारीलाई दिएका थिए । 
    अस्पतालले शव गृहको मेसिन बिग्रेको कारण समस्या आएको बताएपनि पीडित पक्ष यहि कारण चित्त बुझाउने पक्षमा छैनन् । मेसिन बिग्रेको तुरुन्त जानकारी पाएको भए शव अन्तै सुरक्षित गर्ने वातावरण बन्थ्यो । शव षडिसकेको अवस्थामा मात्र थाहा पाउनु अस्पताल प्रशासनको चरम लापार्बाही रहेको पीडित साहारा लिम्बूको भनाइ छ । 
    इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काको संयोजनमा आइतबार (असोज ३१ गते) मदन भण्डारी अस्पतालको प्रसाशन कार्यालयमा भएको छलफलमा दुबै तर्फका पीडितहरुले आक्रोस ब्यक्त गरेका थिए । 


    छलफलमा अस्पतालको निमित्त प्रशासन प्रमुख डा.सुनिल अधिकारी, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङ, नेपाली कांग्रेसका ३ नम्बर क्षेत्रीय सभापति गणेश खड्का, अस्पताल ब्याबस्थापन समितिका सदस्यहरु राजेन्द्र पौडेल, बिशाल आङ्देम्बे, मदनबाबु प्रसाई, मुक्ति न्यौपाने लगायत बसेका थिए । 
    पीडित पक्षको आक्रोसपछि अस्पतालको निमित्त प्रशासन प्रमुख डा. सुनिल अधिकारीले अस्पताल र जिम्मा पाएका कर्मचारीहरुले कमजोरी गरेको स्वीकार गर्दै माफी मागेका थिए । 
    छलफलपछि अस्पतालको लापार्बाही बारे छानबिन गर्न पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ । 
    समितिमा धरानका पीडित पक्षबाट तिलक बुढाथोकी, पथरीका पीडित पक्षबाट ठाकुरप्रसाद लिम्बू (रोशन हाङबाङ्ग), भिमल मगर, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख राजाराम खड्का, अस्पताल ब्यबस्थापन समितिको तर्फबाट राजेन्द्र पौडेल, बिशाल आङ्देम्बे रहेका छन् ।
    छलफलमा पैसा तिरेर सुरक्षा साथ राख्न ल्याएको शव कुहुदासम्म थाहा नपाउने अस्पतालले बिरामीहरुको उपचारमा समेत लापार्बाही हुने गरेको बिषयसमेत उठेको थियो । 
    छानबिन समितिले दुबै शव कुहुनुको करण पत्ता लगाउने, अस्पतालमा हुने गरेको सबै प्रकारको लापार्बाहीको कारण खोजेर दोषिलाई कारबाहीको सिफारिस सहितको प्रतिबेदन तयार गरी सार्वजनिक तथा सम्बन्धित निकायमा बुझाउने बताइएको छ । 
    छलफलमा शव कुहेको कारण हालसम्म भएको खर्च मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले बेहोर्ने, पथरीशनिश्चरेको पथरीसम्म र धरानको चतरा घाटसम्म अस्पतालले बेहोर्ने र सहमति पछि पीडित पक्षले सोहार्दता पूर्ण ढंगले शव बुझने सहमति भएको छलफलमा सहभागि ठाकुरप्रसाद लिम्बूले बताए । 
    छानबिन समिति गठन र सहमतिपछि छत्रकुमारी लिम्बूको शव आइतबार नै पीडितले जिम्मा लिएको र चेतनप्रकाश बास्कोटाको शव आज (सोमबार) दाहसस्कारको लागि चतरा लगिएको बताइएको छ ।

    अस्पतालको लापार्बाही बारे प्रदेश सरकारको ध्यान पुग्दैन, उर्लाबारी नगरपालिकाको कार्यक्षेत्रमा पर्दैन
    मोरङको उर्लाबारी नगरपालिका—३ मा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नाम यस अघि मंगलबारे अस्पताल थियो । 
    अघिल्लो आर्थिक बर्षमा १ नम्बर प्रदेश सरकारले अस्पताल प्रदेश स्तरीय बनाउने भन्दै नाम मदन भण्डारी तथा ट्रमा सेन्टर राखेर बजेट प्रस्तुत ग¥यो । अस्पताल प्रदेश सरकार मातहतमा ल्याउने र ट्रमा सेन्टर प्रदेश स्तरीय बनाउने योजना थियो । 
    त्यसबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधको बावजुद बजेट पारित भएको थियो । नाम परिवर्तन भएको भन्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, संघीय लिम्बूवान मञ्च लगायतका पार्टी कार्यकर्ताहरुले मंगलबारेमा पनि विरोध सभा तथा अनसन बसेको थियो । 
    प्रदेश सरकारको योजना अनुसार अस्पताल प्रदेश सरकार मतहतमा गएपछि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर ब्यबस्थापन समितिको अध्यक्ष मोरङ जिल्ला समन्वय समितिको अध्यक्ष नरेश पोख्रेललाई तोकियो । पोख्रेल बिराटनगर बस्छन । अध्यक्ष बिराटनगर बस्ने भएकोले अस्पताल ब्यबस्थापन समितिको बैठक अत्यान्त कम हुने गरेको बुझिएको छ । बैठक नबसेपछि अस्पताल प्रशासन र ब्यबस्थापनमा समेत खास चासो नभएको बुझिएको छ । ब्यबस्थापन समिति र प्रदेश सरकारको ध्यान नपुग्ने यता उर्लाबारी नगरपालिकाको कार्यक्षेत्रमा नपरेपछि अस्पतालमा लापार्बाही र बेथिति मौलाउदै गएको बुझिएको छ । यही लापार्बाहीको करण दुई वटा शव कुहिएको बताइएको छ । 

सम्वन्धित समाचार

कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन पुनः स्मरण गराएको छ । बुधबार बसेको मन्त्रि…

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था…

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । …

 काठमाडौँ महानगरपालिकाले खुला तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन, प्रसारण गर्ने गरेको बत…