• कर्णाली, १ कात्तिक 

     प्रदेश अस्पताल सुर्खेतले बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवा सुरु गरेको छ । बिरामीलाई सहज र सरल सेवा पु¥याउने उद्देश्यले अस्पतालले आजदेखि विशेषज्ञ चिकित्सकबाट बिहानी सेवा दिन थालेको हो । अस्पतालले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । 

    अस्पतालका निर्देशक डा डम्बर खड्काले शनिबारबाहेक हरेक दिन बिहान ७ बजेदेखि नै विशेषज्ञ सेवा सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार यो समयमा बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नशा, नाक, कान, घाँटी, छाला, यौन र मानसिक रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ । 

    क्याबिनमा बसेर तत्काल सर्जरी सेवा लिन चाहेमा ५० प्रतिशत अतिरिक्त शुल्क तिरेर सेवा लिन सकिने अस्पतालले जनाएको छ । अस्पतालले विशेषज्ञ सेवाका लागि रु ४०० शुल्क तोकेको छ । प्रदेश अस्पतालको यो निर्णयले सरकारी चिकित्सकलाई निजी अस्पताल तथा क्लिनिकमा बढी समय बिताउने समस्या रोकिने भएको छ । 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …