•  प्रतिकूल मौसमका कारण स्थलमार्ग र हवाई मार्ग प्रभावित भएपछि डोल्पाकोे फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती भएको छ । 

    निरन्तर वर्षाका कारण मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएका कारण दसैंको विदामा डोल्पाकोे फोक्सुण्डो घुम्न आएका पर्यटकलाई घर फर्कन समस्या भएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताउनुभयो । 

    मौसममा आएको प्रतिकूलताले बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित बनेको जुफाल विमानस्थलको कार्यालयले जनाएको छ । 

     अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटल भरिभराउ भएका छन् । स्थल मार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाइँ शे फोक्सुण्डो, जुफाल र उपल्लो डोल्पाको विभिन्न धार्मिक तथा पर्यटकीयस्थल पर्दै आएका छन् । दैनिक ४० भन्दा बढी पर्यटकलाई आफूले होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताउनुभयो ।

     यो मौसम डोल्पा घुम्नका लागि सबैभन्दा उत्कृष्ट रहेको उहाँले बताउनुभयो । शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाडका अनुसार दिनमा १०० भन्दा बढी पर्यटक फोक्सुण्डो तालतिर जाने गरेका छन् । मङ्सिरदेखि हिमपात सुरु हुने भएकाले अहिले समयमा उपल्लो डोल्पामा घुम्ने पर्यटकका लागि उपयुक्त समय मानिन्छ । पछिल्लो समय पर्यटन क्षेत्रलाई ध्यानमा राखेर डोल्पामा सुविधासम्पन्न होटल खुल्ने क्रम बढ्दो रहेको पत्रकार रामचन्द्र न्यौपानेले बताउनुभयो । हवाई मार्ग भन्दास्थल मार्ग हुँदै डोल्पा जानेको सङ्ख्या बढी रहेको छ ।

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…