• अविरल वर्षासँगै मावा खोलामा नदीमा आएको बाढीले उर्लाबारी-९ उच्च जोखिममा परेको छ।

    मौसममा आएको परिवर्तनसँगै भएको अविरल वर्षाका कारण बाढी बस्तीमा पसेपछि स्थानीयको धानबाली, चौपाय, धनमाल बगाएको छ। यहाँको छिन्ताङ्गे टोल, सेम्बुटोल, बोर्डरलाइन, महाराजस्थानमा निक्कै क्षति पुगेको छ।

    क्षतिको लागत संकलन भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए। नदीको बहाव बढेकाले काठ उतार्न, माछा मार्न, पानीसँग खेल्न र नदी/खोला नजिक नजान सबैमा आग्रह गरिएको छ।

    उर्लाबारी ९ छिन्ताङ्गे टोलका बिष्णु चोङ्बाङ्ले पानीले हिजो धानबालीमा मात्र क्षति पुयाए पनि रातिदेखि बस्तीमा नै पसेपछि ज्यानको जोखिम बढेको बताए। उनले राहत भन्दा स्थायी तटबन्धन गरिदिन सरकार समक्ष माग गरेका छन् । 

    वर्षाका कारण काटेर भित्र्याउने तयारीमा रहेका धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन्। लगातारको वर्षाले नदीका तटिए क्षेत्रका खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी डुबेको  छ। खेतबारी बगरमा परिणत भएको छ।

    धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ। काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको स्थानीय राजन घिमिरेले बताए। धान काटिसकेको भए पनि चुट्न बाँकी रहेको र धान काटेर खेतमै सुकाउन राखेको अवस्थामा पानी पर्दा धानमा क्षति भएको उनको भनाइ छ। बस्तीमा खोला पसेपछि स्थानीय ज्यान जोगाउन भागदौड गर्दै जाग्राम बसेका थिए।

    बाढीले दर्जनौं घर परिवार विस्थापित हुन पुगेका छन्। बाढीका कारण ग्रामीण सडकमा क्षति पुगेको छ। सयौं रोपनी खेत पनि बगाएको छ। 
    बाढीको कारण मोरङको उर्लाबारी वडा नं. ७ मा ३ घर र १ गोठमा पूर्ण क्षति गरेको छ।

    उर्लाबारी–७ का बलबहादुर रोक्का, राजु मगर, टिकामाया सार्कीको घर र प्रकाश घिमिरेको गोठ पूर्ण रुपमा क्षति पुगेको उर्लाबारी वडा नं. ७ का सदस्य निरोज तिम्सिनाले रातोकलमलाई 
    जानकारी दिए। साथै मावा खोलाको पुलमा पनि क्षति पुगेको उनले बताए ।

    उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बाढीका कारण समस्या परेको स्थानहरुमा तत्काल रोकथामका काम अघि बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

    मेयर फागोले उर्लाबारी वडा नं. १, २, ३, ४, ७, ८ र ९ का विभिन्न स्थानहरुमा बाढीले क्षति पुर्याएको स्थानहरुको स्थलगत निरीक्षण गर्दै तीब्र कटान भइरहेका स्थानहरुमा रोकथामका लागि अस्थायी तटबन्धन गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।

    बाढीले बितण्डा मच्चाएपछि विभिन्न दलका जिल्ला प्रतिनिधिहरु स्थलगत अनुगमनगरि बाढी नियन्त्रणको लागि पहलकदमी गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सम्वन्धित समाचार

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…