• मोरङ । मोरङको पथरी शनिश्चरे नगरको बिभिन्न स्थानमा खोला पस्दा सयौं बिगाहा धानबालीमा नोक्सानी भएको छ । 

    आइतबार र सोमबार भएको निरन्तर बर्षाको कारण नगरको पूर्बमा रहेको बक्राहा र पश्चिम सीमा भएर बग्ने डाँस खोलाको बाँध फुटाएर गाउँपस्दा धानबाली लगायतमा क्षति भएको हो । 

    पथरी शनिश्चरे ५ को बिभिन्न पाँच स्थानमा बाँध फुटाएर खोला वस्तीमा पसेर क्षति गरेको छ । बक्राहाले पौडेल चोक पूर्व दुई र सुगा बजार पूर्व एक ठाउँमा बाँध फुटाएर खोला वस्तीमा पसेको हो । बक्राहा खोला पूर्बमा पर्ने मौलीबारी वस्तीमा पनि बाढी पसेको छ । बाढीले दर्जन बढी घर पानीले डुवानमा परेको छ । कुखुरा, हाँस, खाद्यान्नमा पनि क्षति पु¥याएको छ । बाढीको कारण ५ नम्बर वडाका दर्जन बढी घर डुवानमा परेका छन् । बढीले सयौं विगाहा क्षेत्रमा पाकेको धानवाली नष्ट भएको छ ।

    त्यसैगरी डाँस खोलाले नगरको १० नम्बर वडाको जिरिखिम्ती ९ र १० को सीमा क्षेत्रमा कटान गरेको छ । कटान भएको क्षेत्रमा वहाव परिवर्तनका लागि वडा नम्बर १० को जागृति टोल पश्चिमको च्यानलाइज (वीचबाट वहाव बगाउने काम) गर्ने  काम भएको छ । जिरिखिम्तीको डाँस खोला पुल उत्तरमा खोलाको बहाव सिधा पार्न र ९ नम्बरको आदर्श सीता आधारभूत विद्यालयको खेल मैदान जोगाउन स्काभेटरको प्रयोग लगाइएको छ । खोलाले पशुपतिनगर क्षेत्र पनि बाढीले जोखिममा पारेको छ ।

    बाढीको क्षति अनुगमन गर्न मंगलबार नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोला, समितिको सदस्यसमेत रहेका  २ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाई, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, ५ नम्बर वडा सदस्य चेतेन्द्र खड्का, सवइन्जिनियर दीपक आचार्य सहितको टोलीले सो क्षेत्रको पुगेका हुन । 

    अनुगमनको क्रममा डुबानमा परिन्छ भनेर स्थानीयबासीले रातभर जागै बसेको जानकारी गराएका थिए । उपप्रमुख बिष्टले बाँध फुटाएको ठाउँमा नगरका प्राविधिक पठाएर तत्काल त्यसको रोकथामको उपाय खोज्ने बताए । 

    खोला कटान र डुबान बारे १ नम्बर प्रदेश र संघीय सरकार जानकारी गराइएको बिष्टले जानकारी दिए । नगरले भने भोली (बुधबार) बस्ने कार्यापालिका बैठकमा जानकारी गराएर उचित कदम चालिने बताए । 
     

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …