• मोरङ । मोरङको पथरीशनिश्चरे–९, स्थित आफ्नै होटल अगाडि राखेको बिबेक तिम्सिनाको मोटरसाइकल असोज ३० गते दिउँसै चोरी भएको थियो । 
    होटल अगाडि स्टेन गरेर काम गर्न थाल्दा प्र.१–०१–०१२ प ३२८९ नम्बरको पल्सर मोटरसाइकल दिनको करिब ३ बजे चोरी भएको थियो । 
    होटल अगाडि राखिएको मोटरसाइकल चोरी भएपछि बिबेक मिम्सिनाले आफ्नो फेसबुक सञ्जालमा मोबाइल नम्बर राख्नुको साथै भेट्ने÷देख्ने महानुभावहरुलाई आफू वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका थिए । 
    सूचना दिने महानुभावहरुलाई उचित पुरस्कार समेत दिने घोषणा गरेका थिए । बिबेक तिम्सिनाले मोटरसाइकल हराएको बिषय इलाका प्रहरी कार्यालय पथरीलाई समेत जानकारी गराएर खोजि गर्दै आएका थिए । 
    सोमबार(कार्तिक १) मोटारसाइकल धनि बिबेक तिम्सिनालाई फोन गरेर मोटरसाइल रहेको बारे जानकारी आयो । फोन पथरीशनिश्चरे नगरपालिका–३ का लालबहादुर मगरले गरेका थिए । 
    त्यसको केहीबेर पछि पथरीका २२ बर्षिय सुदिप धिमाल पक्राउ परे । धिमाललाई इलाका प्रहरी कार्यालय पथरीले तुरुन्त पक्राउ गरेका थिए । 

    सुदिप धिमालले मोटरसाइकल चोरीको आरोपमा प्रहरीले पक्रेको हो । चोरेर लगेको मोटरसाइकल आफ्नै भएको दाबि गर्दै पैसाको जरुरी परेकोले केही रकम दिन लालबहादुर मगरलाई रकम मागेका थिए । मोटारसाइकल तिम्रो होइन होला भन्दा भोली ब्लुबुक लिएर आउँछु भन्दै मोटरसाइकलसँगै फोटो खिचाएर बिस्वास दिलाउने प्रयास गरेको मगरले बताए । पैसाको तुरुन्तै आबश्यकता परेको भन्दै धिमालले मोटरसाइकल धरौटी स्वरुप राखेर २३ हजार रुपैया लिएर गएको मगरले बताए । 
    धिमालले भोली ब्लुबुकसमेत लिएर आउछु भन्दै पैसा लिएर गएपछि मगरले मोटरसाइकल छोपेर राखि दिएको बताए । मोटरसाइकल राखेको भोलिपल्ट सामाजिक सञ्जाल फेसबुकमा सो नम्बरको मोटरसाइकल चोरी भएको सूचना देखेपछि सञ्जालमा भेटिएको बिबेक तिम्सिनालाई फोन गरेर लालबहादुर मगरले मोटरसाइकल लिन बोलाएका थिए । 
    त्यसपछि सो जानकारी बिबेक तिम्सिनाले सो बारे प्रहरीलाई जानकारी गराएपछि मोटरसाइकल चोरिका आरोपित सुदिप धिमाललाई प्रहरीले तुरुन्त पक्रेर थुनेका थिए । 
    सोमबार मोटरसाइकल धनी बिबेक तिम्सिनाले इलाका प्रहरी कार्यालय पथरीबाटै बाइक झिक्ने वातावरण मिलाउन प्रयास गर्दा डिएसपी कृष्ण खड्काले चोरीको मुद्धा चलाउनु पर्ने बताएका थिए । चोरीको आरोपमा पक्राउ परेका धिमाल लागू औषध युजर रहेको र उनको चोरी गर्ने ग्रुपका अन्य ब्यक्तिहरुको पनि नाम बताइरहेकोले मुद्धा दर्ता गरेर सबैलाई पक्राउ गरी चोरी नियन्त्रण गर्नुपर्ने बताएका थिए । धिमाल यस अघि पनि लागू औषध प्रयोग मुद्धामा कारबाही भोगेर निस्केका थिए । 
    यद्यपि मंगलबार चोरीका आरोप लगेका सुदिप धिमाललाई सुधार केन्द्र पठाउने, बाइक धरौटी राख्ने लालबहादुर मगरलाई धिमालको अभिभावकले २३ हजार नगद दिएर मुद्धा इलाका प्रहरी कार्यालय पथरीबाटै मिलाइएको बुझिएको छ । बिबेक तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा बाइक भेटेको सूचना दिने ब्यक्तिलाई उचित पुरस्कार दिने घोषणा गरेको बिषयमा कुरा हुन बाँकी रहेको सूचना दिने लालबहादुर मगरले बताए । 
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…