• वीरगञ्ज, ४ कात्तिक

     वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अनुसार सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको हो । 

    उद्यमी भइसकेका महिलालाई प्रोत्साहन गर्न र उद्यमी बन्न चाहनेलाई उत्प्रेरित गर्न सम्मेलनको तयारी गएिको मञ्चका अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो । सम्मेलनमा देशका विभिन्न स्थानबाट १५० महिला उद्यमी सहभागी हुने छन् । सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा सङ्घर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तक्र्रिया हुनेछन् । सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रको बारेमा दक्ष अनुभवी व्यक्तित्वबाट सिक्ने अवसर मिल्ने आयोजकको दाबी छ । 

    सम्मेलनबाट महिलालाई उद्यमशीलतामा अघि बढ्न प्रोत्साहन मिल्ने आयोजकको दाबी छ । 

    सम्मेलनमा बुटिक, मेहन्दी, घरेलु लगायत महिला उद्यमीले उत्पादन गरेका विविध सामग्रीसहितको १० वटा कक्ष  समेत  राखिनेछ । बिक्रीका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको वस्तु वा सेवाको बारेमा जानकारी प्रदर्शनीकक्षमार्फत दिइने तयारी आयोजकले गरेको छ ।

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…