• बर्दिया, ६ कात्तिक

    प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गर्नुभएको छ । 

    सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताउनुभयो । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन गरेर उपलब्ध गराउन उहाँले निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आलेलगायत सहभागी हुनुहुन्थ्यो ।

    कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिकाको एक हजार २८४ घर धुरी डुबानमा परेको थियो त्यस्तै गेरुवा गाउँपालिकाको २१० घरधुरी डुबानमा परेका थिए ।

सम्वन्धित समाचार

काठमाडाैं, १५ माघ हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान तराईमा ह…

काठमाडौं, १४ माघ चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ । मस्कले ४२ हज…

न्युयोर्क, १४ माघ रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्…

लन्डन, ११ माघ साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र खोप लगाएर मात्र कोरोनाभा…